तलवार जस्तै शब्दहरू (Words like sword)

प्रतिमान सिवा
ओहायो, अमेरिका

अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak)

हामी शब्दहरूद्वारा सुन्दरताको सृजना गर्छौँ
समयले तिनीहरूलाई दूषित तुल्याउँदैन, अनन्तताले तिनीहरूको धारलाई मुठार्ने छैन
तिनीहरूको सन्देश अन्धकारमा मशाल झैँ चम्किने छ
त्यो सन्देशले आफ्नो महानता बोकेको छ

कुनै बेला शब्दहरू एक सुन्दर कथा बन्छन्
शून्यतालाई तोडेर प्रतिध्वनि गुन्जन्छ
हाम्रो आत्मामा तिनीहरूले सुन्दर प्रतिबिम्बित गर्छन्
दिँदै न्यानो उष्णता वरिपरिको ठन्डीका बाबजुद पनि

हरेक कुरा सम्भव हुन्छ बस् सपना देख्नु मात्र पर्छ
यो कलमले भावनाहरूलाई हृदयदेखि सिधै कागजमा उतार्छ
दुःखको कुरा, जब भावना पोख्न हामी कुनै शब्द पाउँदैनौँ
कुनै बेला, कुनै ठाउँ, कसैले तलवारको सहारा लिँदछ

मूल अङ्ग्रेजी कविता यहाँ पढ्नुहोस् 

Don't have a Facebook account? Please, use the form below with other options!