तिमीलाई खोज्दा

युग दवाडी, वासिंगटन, अमेरिका

खोजी हिंडे तिमीलाई
भूटानका गाउँ अनि बस्तीहरुमा
पाउन सकिन तिमीलाई
मानस अनि सुनकोशका सुसेलीहरुमा ।

खोजी हिंडे ती बिचलित बस्तिहरुमा
स्वतन्त्रता अनि स्वाभिमानका मनोभावहरु
पाइन कतै ती बस्तीहरुमा
स्वतन्त्रताका जीवन्त कथाहरु ।

अटल देखेँ ती वरपीपल
भत्किएछन् चौतारी पनि
सुकेछन् सन्तोला अनि अँलैचीका बगानहरु
बगेछ पहिरोसंगै देउराली डाँडा कठै ।

गएथेँ दर्शन गर्न
धाम अनि देउरालीको
दुस्खी थिए जीव जन्तु
मानव शोषण हेर्नु पर्दा ।

विचार गरेँ सबैतिर
टुलुटुलु हेरिकन
पाउन सकिन ती बस्तीहरुमा
स्वतन्त्रका छनकहरु ।
पाएथेँ मैँले
रोएको मन
बेचिएको मानव मर्यादा
लादिएको स्वतन्त्रता
तिम्रो अनि
मेरो जन्म गाउँमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *