तिमीहरू र हामी
शिवलाल दाहाल
अमेरिका, केन्टकी
तिमीहरू भन्दै छौँ
हामी थिचिएका छौँ
हामी दबिएका छौँ
तिमीहरू त इतिहास विस्फोट भएर
सतहमा पोखिएका ढुङ्गा हौ
भलै आकाशले थिचेको होला तिमीहरूलाई यतिखेर
हामी त सधैँ
रसातलमै छौँ
न विस्फोट हुन सक्छौँ
न बाहिर फुत्कन सक्छौँ
मात्र निसासिएर बस्न बाध्य छौँ
तल तल धेरै तल जमिन मुनि
तिमीहरूका पनि पयर मुनि