तिमी र असमान सोच

रमेश गौतम
नर्वे
तिमीले
केराउका दुई समान प्रकृतिका बीउ रोपेर
गौरवका साथ भन्यौ
कि
अब दुई समान बिरुवा उम्रने छन् |
तिमीले
एउटा डाइसको गोटी
एउटै बट्टामा
समान प्रकारले राख्यौ
समान प्रकारले हल्लायौ बट्टालाई प्रत्येक चोटी
अनि भन्यौ
कि
हरेक चोटी तिमी “५” नै पाउने छौ |
अनि फेरि
एउटै आमाको कोखबाट
एकै दिन जन्मिएका
समान परिवेशमा बाँचेका
रामबहादुर र श्यामबहादुरलाई हेरेर
तिमीले अपेक्षा गर्यौ
कि
तिनीहरु समान उमेर बाँच्ने छन् |
१४ फेब्रुअरी २०१४
University of Stavanger