तिमी हाँसी मात्र राख

टी.आर. रेग्मी,
खुदुनावारी

उतिखेर प्रत्येक क्षण
देख्थेँ म
तिम्रा आँखामा
मात्र
प्रेमका स्पर्षहरु
करुणाका सागरहरु
तर
अचेल खोइ के भयो ?
देख्छु
तिनै आँखामा
कताकता असन्तुष्टिका लहरहरु
मेरो मायाको कमीले हो वा तिम्रै कारणले हो
तर प्रिया
म चाहन्छु तिमी हाँसी मात्र राख
तिमी त्यसरी नै छक्याएर  बाँची राख

तिमीलार्इृ दुख्ता यो मन रुन्छ
तिमी हाँस्ता यो मन हाँस्छ
तिमी रहे नि हाम्रो माया बाँच्छ
त्यसैले
तिमी हाँसी मात्र राख
तिमी त्यसरी नै छक्याएर बाँची राख

यदि प्रेम धोका होइन भने
रोमियो र जुलियटको भन्दा बढ्ता हुनु पर्ने हो
रेनेता र बेनिडिक्टोको भन्दा अमर हुनु पर्ने हो
त्यसैले
तिमी हाँसी मात्र राख
तिमी त्यसरी नै छक्याएर बाँची राख

Don't have a Facebook account? Please, use the form below with other options!