तिम्रो अनुपस्थिति
रमेश गौतम
नर्वे
तिम्रा ती मोहक नयनहरू
जो मलाई कहिल्यै हेर्दैनन्
उत्सुकतापूर्वक
हामी सँगै छौँ
सधैँ सधैँ……
कुनै समुद्री तटमा सँगै बसेर
सूर्यको कोमल रश्मिसँगै
हामी माछाहरूको क्रीडा हेर्दैनौँ
वा
पूर्णिमाको रातमा
चन्द्रमाको सुकोमल नीलिमा नियाल्दै
मुस्कुराउँदैनौँ एक साथ
जीवन भोगाइका
भावुकता छैनन्
कुनै उत्सव वा मनोरञ्जन पनि छैनन्
वा
जवानीका मादकता
पुष्प-माधुर्य र भ्रमर-गुञ्जन पनि छैनन्
वा रातो गुलाबका कथाहरू……
अहँ! त्यस्तो केही छैन
हामी सँगै छौँ
सधैँ सधैँ……
१०/०३/२०१०
नर्वे
रमेशजी! सुन्दर रचना, तपाइ त हरेक क्षेत्रमा उत्तिकै सबल हुनुहुन्छ त।
लेख अती मन पर्यो। अगी पनि पढ्न पाइयोस। धन्यवाद।
रमेश जि तपाईको कबिता ले मन छोयो। जिबन का हजारौ बिम्ब प्रयोग गरी साचो प्रेम को अभाव दर्शाई दिनु भयो धन्यबाद।
“खलानको मान्छे”