ती पलहरू

ओम पाेख्रेल 
क्यानाडा 

आज पनि म तिनै गल्लीहरूमा हुन्छु
मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन्
तिनै बाटा र गोरेटाहरूमा म हराउँछु
अनि सम्झन्छु
मेरा कलिला पैतालाहरूले
त्यो रापिलो घामले तातेको
बलौटे बाटो
ती बाटाहरूमा हिँडेको म
म सँगै मेरा हजारौँ साथीहरू
मलाई जिस्क्याउँदै
थपथप्याउँदै
ठेल्दै र पिट्दै
अगि बडेका
सबै अन्योलमा परेर
गन्तव्य नै नभएको
बिना लक्ष्य
निरन्तर अगि बडी रहेका हुन्थ्यौँ
पोल्दा आत्था भन्दैन थ्यौँ
भिजाउँदा मुखबाट
आच्छु निस्कँदैन थियो
भोकाउँदा रुँदैन थ्यौँ
थुक्दा कसैले रिसाउँदैन थ्यौ

रुझ्दा लुक्ने ओत थिएन
मर्दा ओढ्ने कात्रो थिएन
नाङ्गो भएको थाहा थियो
छोप्ने टालो थिएन
लाज पनि लाग्दैन थियो
दृश्य फरक थिएन
मिठो मसिनो खाने दिन आउँथ्यो
चाडबाड नि आउँथ्यो
अर्काको गाँस आफ्नो होइन
उसको नयाँ नाना मेरो होइन
तर जरुर भेला भएर
चुङ्गी खेल्थ्यौँ
बिच्छु र टोप्पा
आस पास र चुकी भू
अनि अम राइट पनि
त्यो बेला कसैलाई चोट लाग्दा
सबै भेल्लिएर तिते मिची घाउमा
थोपा-थोपा चुहाउँथ्यौँ
सबैले हातेमालो गरी
मैदानबाट बाहिर निकाल्थ्यौँ
यतिखेर हामी स्वार्थी थिएनौ
सबै बाध्यताको कठिन गाँस
सरल तरिकाले खान्थ्यौँ

तर आज त्यो हुल
लामे ताँत लागेर
सगर पारी तिल-बिथल भयो
अब त केवल सपना झैँ
झिनो सम्झना मात्र रह्यो
ती गल्ली-गोरेँटाहरूको
मेरा मनहरूको
पोल्ने-भिजाउने
पलहरूको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *