थुक्क…?

कवि

प्रकाश घिमिरे
नोर्थ डकोटा, अमेरिका

त्यो बाँझो फाल्ने तिम्रो रहरमा
यो भाँजो हाल्ने कुन तत्व हो,
यसै भए जमीन फुल्ने छ
बेकाम पाखुरी थुक्क के महत्व भो ?

हिजो रोईन् बसन्ती
अस्मिता भंग पारी
आज कृष्णे रोयो उसै
एक्लै सबैसँग हारी
भोली हर्के रोला हिकहिकाउँदै
देखेर यो मारामारी
यो सबलाई बिजाउने कुन तत्व हो
बेकाम पाखुरी थुक्क के महत्व भो??

पालो कुर्दा कुर्दा यहाँ
पैचो चुहुल्ली जान्छ
न्याय पाऊँ हजूर भन्दा
अन्याय सुन्निन थाल्छ
वाक्य सिद्ध नपारी पसीना चुहाउनु रे
एक छाक टार्न दश नग्रा खियाउनु रे
यो सधै हेप्ने हेपाउने कुन तत्व हो
बेकाम पाखुरी थुक्क के महत्व भो???

Leave a Reply

Your email address will not be published. Required fields are marked *