दक्षिणको नियति

Born in a small hamlet of Kataharey in Nichula Bhutan, Buddha Mani Dhakal got his early education in Samrang Primary School. He attended Samchi (now Samtse) High School (batch of 1991) from 1987 to 1990. He left Bhutan in quest of higher education after the 1990 pro-democratic movement, as he could not return to Samchi for completing his ICSE exams. So, he pursued higher education in Nepal after being a refugee under DAFI Scholarship in the first batch.
Dhakal has intermediate in science from St. Xavier Campus, Tribhuvan University (1993-1995); Bachelor’s degree in Biology, majoring Botany from Tri-Chandra Campus, Tribhuvan University (1996-2000) and attended one year Master’s in Botany at Central Department of Botany. He also holds Master’s in Rural Development from Patan Campus though he had to leave for the US before completing the thesis. Dhakal taught science and environment, population and health to high school students in Nepal and has a number of training on the subject area.
Dhakal was also associated with Nepali Bhasa Parishad since the very beginning of its establishment, which later conducted Nepali language classes in camps. Some of his literary creations are published in “Kopila”, the publication of Parishad. He also worked as a column writer for a travel paper (NTTR) in Kathmandu for a year in order to meet his expenses.  He wrote to Kathmandu Post too for a while.
He became associated with exile media since the beginning.  He served as the chief editor of ‘The Bhutan Reporter’ monthly for a year in 2004. Currently, he is a contributing writer for FORSOOTH, a publication of Interfaith Path for Peace that advocates for social justice. He is an employee of Louisville Free Public Library since 2011and has been recently promoted in his job. In Louisville, he is active in community works, and in an international outreach program of the library.

कथाकार
कथाकार

बुद्धमणि ढकाल
केन्टकी, अमेरिका

स्कूलको अर्धवार्षिक परीक्षा सकेर भएको पाँच दिने गर्मी बिदा मनाउन शङ्करले साथी मकरलाई पनि आफ्नो घर बुदुने गाउँ लाने निधो गर्‍यो । घर टाढा भएका साथीहरूलाई छुट्टीमा आफ्नो घरमा पाहुना लैजान बुदुने गाउँका धेरै साथीहरू खुसी मान्थे र यो चलन जस्तै बसेको थियो, हाई स्कुलमा ।

छात्रावासको एकनासे बन्धन भित्रको जीवनबाट दुई-चार दिन मुक्त हुन कसलाई रहर हुँदैन र ? छुट्टी भएकै दिन मकर र शङ्कर बाटो लागे धामधुमतिर – बुदुने गाउँ पुग्ने माथ्लो बाटो भएर ।

गर्मीको दिन भए पनि त्यो दिन आकाश बादलले ढाकेको थियो र खोलाको शीतल हावाले उष्णतालाई जितेको थियो| परीक्षामा कस्तो गरियो भन्ने विषयका कुरा गर्दा गर्दै यी दुई मित्रहरू डेरी फर्मको ओह्रालो काटेर तल बगरमा आइपुगेका थिए । धामधुम खोलाको पानी धमिलो भैसकेको थिएन । शङ्करले भन्यो, ” एकछिन यहीँ आराम गरौँ । हतार केही छैन ।”
मकरले नुहाउने सुर कस्यो – ‘उसो भए यहीँ खोलामा नुवाई धुवाई गरेर जाऊँ ।’

स्कूलको छात्रावासमा पानीको अभाव भैरहने। त्यसैले बगेको पानीमा धीत मरुञ्जेल नुहाउन बसे यी दुई भाइ । धामधुम बगरमा डेरी फर्मको पुछारमा एउटा अग्लो देवल लगाएको घर बन्दै थियो त्यस बेला । मकर र शङ्कर त्यसको नजिकैको बाटो भएर आए तर ध्यान त्यस घरतिर दिएनन् । नुहाउन बसेपछि मकरले सोध्यो, “त्यो चाहिँ के बनाएको होला ?”
“मैले सुनेको त्यो केन्द्रीय कारागार अरे” – शङ्कर पक्का हुन सकेन ।
“यो त ठुलै जेल होला जस्तो छ ” मकरले अनुमान गर्‍यो।
“हामीले देखेको थियो नि नेल र सांगली लगाएका कैदीलाई जेलबाट निकालेर अस्पताल छेउको बाटो हिँडाउदै पुलिसले खोलातिर लगेको । तिनै कैदीलाई यहाँ काम गर्न ल्याउछ्न रे पुलिसले।” शङ्करले अलि प्रस्ट पार्न खोज्यो।

नुहाई सकेर यी दुई मित्र गाउँको पुछारबाट खुलेको मूल सडक ननिस्कीकन सोझै शङ्करको घरतिर जाने सानो गोरेटो भएर उकालो लागे । खेतका गह्रा र कान्लामा मकैका घोगा रहरलाग्दा देखिन्थे – लाग्थ्यो पोलेका मकै खान सुरु भैसकेको छ गाउँमा ।

हरियो मकै पोलेर खानुको स्वाद र आनन्दलाई सम्झेर दुवै घर पुग्न हतारिए । शङ्करको घर पुगुञ्जेल छात्रावास र स्कुलमा भएका क्रियाकलाप विषयनै मुख्य थिए । तर मकर भने गाउँ पसेदेखि नै अलि कम बोलेर, धेरै सोचीरहेको थियो । मकर गाउँमा भएकी आफ्नी प्रेयसीलाई सम्झिरहेको थियो। त्यो सम्झनाले एउटा मनोबाद जन्म्यो उसभित्र – आज यो गाउँको बाटोमा तिमीलाई सम्झीराखेको छु । तिमीलाई छोडेर म बाहिर जान सक्दिन। हिउँदे छुट्टीमा तिमीसँग भेटेर कुरा सुनाउछु हाम्रो स्कुलमा के भईराखेको छ भनेर । हाम्रो आकाशमा कालो बादल मडारिन थालेको छ, मीरा।
शङ्करको घरको आँगनमा पुगेपछि मात्र मकर ब्युँझेजस्तो भयो।

बेलुका शङ्करको घर परिवारमा कुरा चल्यो – सरकारी जनगणना टोलीले दु:ख दिएको, मेचेटारको पश्चिमतिरबाट वेंसीको खेतमा सरकारले बिरुवा रोप्न थालेको, स्कुलमा मातृ-भाषा पढ्न लेख्न बन्द गरेको आदि आदि ।

शङ्करका बाउले भने,”सरकारले हामीलाई चेपुवामा पार्न थाल्यो। छ छ महिनामा सेञ्चेस भनेर बोलाउँछ । यो कागज र त्यो रसिद पुगेन भन्छ । फलानो डासो र अमको पुलिसको सही लिएर आउनु भनेर पठाउँछ ।”

शङ्करको माइलो दाजु बोले ,”अस्ति त्यो पर घुम्तीको चिया दोकानमा मैले सुनेको त हाम्रो तल्लो खेतमा बिरुवा रोपेर हामीलाई माथि हा तिरको पाखो जमिन सट्टामा दिने कुरा छ रे ।”

“होइन पर सतुङ्गे उराउको त जम्मै खेतमा बिरुवा लाइसकेछ । अबको बर्खामा उसले रोप्ने गरेको खेत नै रहेन भन्दै छ रे त” – आमाले थपिन् ।
मकरले बोल्ने कुरा पाएन । उसले सम्झ्यो मात्र,’ हाम्रो गाउँतिर त यति सारो भएको थाहा छैन । यतातिर बढीनै दमन हुन थालेछ।’

बर्खे छुट्टी सकिन दुई दिन बाँकी हुँदा शङ्कर र मकरसंगै पूर्ण, प्रेम , मातृकासमेत भएर डाइना खोलासम्म पैदल यात्रामा निस्के। भर्खर मात्र कालो पत्रे गरेको पश्चिम सिब्सू बजारसम्म जाने त्यो सडक हिडेर दिन काट्नु पनि रहरलाग्दै थियो । सडक अग्लो होचो भू-बनोट छिचोल्दै उत्तरमा पाखा बारी र दक्षिणपटि फैलिएको टारी खेत छुट्टयाएर बनेको थियो।

“छुट्टीबाट फर्किदा एउटा खुकुरी पनि ल्याउने कुरा गर्थ्यो देउकुमार”, मातृकाले कुरा खोल्यो ।

“साह्रै रिस उठाए भने खुकुरी नै देखाउन मन लाग्छ मलाई पनि।”, पूर्णको आक्रोस अनुमान गर्न सकिन्थ्यो ।
“होस्टलमा गुटबन्दी सुरु भा’को छ र कति साथीहरूले आफ्नै साथीमाथि बिना कसूरको शङ्का गर्न थालेका छन् । अमरले अस्ति जोङ्खा भाषाको वक्तृत्व कला प्रतियोगितामा भाग लिएकोमा अरुण, पुष्प, काजी, प्रकाश र रमेशहरुले खुसी मानेका छैनन्।” मकरले थोरै गुनासो पोख्यो ।
“त्यो साले वार्डेन यिसे पेन्जोरले हामी दक्षिणकालाई मात्रै ज्यागा भनेर गाली गर्दा झ्वाँक चलेर आउँछ । पोहोरको बर्खे छुट्टीमा होस्टेलमै बस्ने साथीहरूलाई त्यो वार्डेनले ‘तिमीहरू ज्यागा यहाँ सरकारी घरमा बस्छौ, सरकारी घरमा हग्छौ अनि सरकारले भनेको काम गर्दैनौ’ भन्दै लाठी हानेको रे” प्रेमले घटना विवरण पोख्यो ।
“त्यो रिञ्छेन र उग्येंन दोर्जीलाई प्रिन्सिपलबाटै आदेश होला। दुई वा तीनजना हामी जम्मा भएको देख्नु हुँदैन, आइहाल्छ के के सोध्ने निहुँ गरेर। ती पक्का जासुसी गर्न हाम्रो पछाडि लागेका हुनुपर्छ।” मातृका बोल्यो ।

बिदा सकिएको दिन शङ्कर र मकर बजार निस्कने बाटो भएर छात्रावास फर्के । दिउँसोको डढेलो लाग्ने घामले होला बजार सुनसान थियो।
शिवालय मन्दिरछेउको कुइनेटोमा जीवन र उसकी प्रेमिका यशोदा भेटिए। जिल्ला प्रमुखको निवासतिर जाने बाटोमा बसेर उनीहरू प्रेमालापमा मस्त थिए। तर शङ्कर र मकरलाई देखेर जीवनले सोधिहाल्यो – ‘घर बाट अचार घिउ लिएर आयौ? बाँडेर खानुपर्छ है। मैले पनि देऊ कुमारलाई ल्याइदे भनेको छु ।’

शङ्करले ठट्यौलो र व्यंग्य मिश्रित भावमा भन्यो, ” यशोदा तिमी पनि रणमैदानमा जाने कि जीवनलाई एक्लै छोडिदिने?” ऊ आफैले भने छात्रावासको आफ्नो कोठामा यानी मायालाई सम्झ्यो। वयस्क उमेरको यो मोडमा कुन बाटो रोज्ने- एउटा बाटोले आंधी उठेको समुद्रतिर लैजान्छ, अर्को बाटोले यथास्थितिको गतिहीन साङ्लोमा बाँधिदिन्छ। शङ्करले सोच्यो, यानीमायाबाट छुट्टिन यशोदालाई गिज्याएजति सजिलो छैन । तर उसको नाममा चिया बगानबाट लेखिएका चिट्ठी आइरहेका थिए ।

त्यो साल दसैँको बिदा नहुने निश्चित भैसकेको थियो। स्कुल सुरु भएको महिना दिन नबित्तै छात्रावास छोडेर गएका सत्र जना साथीहरूको बेडिंग स्कुलमा थान्को लाग्यो। एक बेलुका खाना खाने समय पारेर शङ्कर, भीम, मकर, बिर्ख र भक्तले लिची बगानको चोरबाटो हुँदै सालघारीबाट सिमाना काटेछन् ।
शङ्करले मनमनै त बाहिर आन्दोलनमा नहोमिने निर्णय गरेको थियो। तर छात्रावासमा एउटा घटना घट्यो रातको करिब १२ बजे। नशाले मातेको कर्माले छात्रावासको कोठा नम्बर १२ मा चुप्पी हानेर ‘ आई विल किल् यु’ भनेको सुनियो ।स्कूल परिसर दिनदिनै असुरक्षित भएको महसुस गरे साथीहरूले। यस घटना पछि शङ्करले पनि यानीमायालाई पछि कहीँ भेट्ने बाचाको सन्देश छोडेर सिमाना काट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *