दुई रुवाई
झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया
तिम्रो वियोगले हर्पल सताउँदैछ मलाई,
दिन, रात अनि साँझमा मताउँदैछ मलाई |
आँखा चिम्ली एक फूल मेरो लासमा फाल्दिनु ल?
मेरो मरण जिन्दगीले बताउँदैछ मलाई ||
मुटु माथि ढुंगा राखी बाँच्यो भन्थे नारायण गोपाल ,
जुन फूल मैंले चाहेकोथें भाँच्यो भन्थे नारायण गोपाल |
यति चोखो, यति मीठो दिएथें उनलाई माया
व्यर्थै माया निष्ठुरीलाई साँच्यो भन्थे नारायण गोपाल ||