दुरताको सम्मोहन

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

आज फेरि उही जून झ्यालबाट एकान्तमा छाईदियो
शून्यताको यात्री
फेरि एकबार आइदिएको छ
स्वप्नाहरुको भारी बोकेर
थाकिसकेको एउटा मान्छेलाई बिउँझाउन
बास ! ऊ बेलाबेला आइदिने आशाले नै
म बाँचिदिएको छु
यी हर निष्ठुरताहरु सहेर
यी हर दुष्ट्याइँहरु खपेर
कहिले कहीँ दुरताको सम्मोहन पनि बाँच्ने एउटा प्रेरण हुँदोरहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *