देश कसरी बाँच्छ ?

इन्द्र प्रकाश खवास
अमेरिका
भोली र भोली नभन है
भोली कहिले आउँदैन है ,
तिर्खा लागे आफै जानु पर्छ
खोला कहिल्यै धाउँदैन है ।
धेरै धेरै आशाहरू
प्यासी बनी घुम्छन् है
आँखाको परिभाषा नबुजे पनि ,
फुलमा भमरा सधैँ झुम्छ है ।
निर्मोही माया सम्झन्छु सधैँ
आँखामा तीर बोकी
आँसु र हाँसोमा ,
सङ्गम भयो मुटुमा पिर बोकी ।
सपना देख्छु बिपना के हो
कसरी भन्नु है ,
मोतीका ढिका झरेर गयो थमाउने कसले खै ?
पिरै पिरले भरियो जीवन
 देश हाँस्छ कसरी ,
दुई च्याप्प भित्र यो देश छ है , देश बाँच्छ कसरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *