दोबाटोमा हामी

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका

जीवनका,
केही घुम्ती
काट्दै जाँदा
दोबाटोमा भेटियौँ हामी ।

पहिलो पल्ट,
अलिकति लजाए थ्यौँ
उसै गरी मस्किए थ्यौँ।

बानी पर्‍यो नजर उठाउने
एक आपसमा,
नयनहरू जुधाउने।

ढुङ्गा खोज्दा
देउता मिल्यो
छुट्टै एउटा मिठो
साइनो बन्यो।

त्यहीँबाट
नयाँ अध्यायको
सुरु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *