धन्य मृत्यु !

एल्.बि.रिखाम मंगर
खुदुनाबारी

मृत्यु नहुनु थ्यो त
हामी कहाँ बाँच्न सक्थ्यौं ?
हामी जन्मने थिएनौं
हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये
हिट्लरको ग्यासच्यामबरमा
धन्य मृत्यु !
तिमी अलिक चाँडो आइपुग्यौ
पृथ्वीको आयु लम्बिएको छ
यहाँ हामी बाँचेका छौं
कसैकसैको मृत्यु
हाम्रा लागि आयु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *