धोकाहरुको सम्झना
जगेन गौतम
पेन्सिलभेनिया, अमेरिका
प्रेम, त्याग, प्राप्ती,
स्वच्छन्दता, घृणा, धोका,
क्रूरताले ग्रसित मेरो मन
पल-पल तिमीलाई
सम्झनमै ब्यस्त छ,
हर रात आँखाबाट
झुन्डिएर आत्माहत्य गर्न वाध्य
यि मेरा निर्दोश आशुहरु
ज्वलन्त उदारण छन
तिम्रो धोकाको, तिम्रो क्रुरताको
मेरो मुटुलाई अचानो पारेर
छातीमा धोकाको बन्चरो
प्रहार गरेर गए देखी
खासै मलाई त्यस्तो रात
थाहा छैन, जुन रात मेरो
सिराने ओभानो भएको
बिहान् सधैं घाम उदाउदा
मेरो निम्ती एउटै प्रश्न
लिएर उदाउछ:
“किन तेरो मुहारमा उदासीन्ता?”
म नाजवाफ नै रहन्छु,
बिचरा घाम उसको प्रश्नको
उत्तर नपाईकन
क्षितीजमा गएर अस्ताउछ
संसारलाई बिल्कुल अध्यारो पारेर
साचो प्रेमको नाममा
भ्यलेनटाइनमा पाएको
केवल एउटा गुलाब
सुरक्षित छ मसँग अझै
तिम्रो सम्झनामा हैन
तिमीलाई भुल्न नसकेर,
तिम्रो यादहरुको खेती गरिरहने
मेरो मनमा,
आज तिमीले नै छाडेर गएका
यि आशुका झरिले गर्दा
एक प्रकारको बाडी नै आयो
अनी, त्यही बाडीले
एतिन्जेल खेती गरेका
यादहरुलाई क्षण भरमै बगाएर लग्यो
मेरो पनि एउटा सपना थियो
तिमीलाई मखमली सारी, हक्पारे, पालममा
सझाएर मेरो घरसम्म नौमती
बाजा ठोक्दै ल्याउने,
आखिर ति सपनाहरुलाई
कुठराघात गरेर
फेरी कहिल्यइ मेरो सामु
नआउने बाचा गरेर आफ्नो
बाटो तताएउ
मलाई पागलको माला भिराएर
सात जुनीसम्म सँगै जिउने, सँगै मर्ने
कसम तोडेर
फर्केरै नहेर्ने निर्णय गरेर गएउ
मलाई बिलकुल एक्लो पारेर,
सुन्यता मन पराउने
एउटा कवी भक्त बनाएर
तिम्रो मुस्कान हेर्दा
ताराहरुको चमकता भुल्ने म
हर रात त्यो मुस्कान खोज्दै
जुनमा टोलाउन वाध्य छु
तिम्रो सम्रज्य मेरो मुटुको आधा भाग
आँफैले गलत्याएर
हिरोसिमा, नागासाकी झै उजाड बनएउ
दोश्रो विश्वयुदमा हिट्लरको क्रुरता झै
मेरो मुटुमा तिम्रो मुटुको चोटिलो प्रहार
असैय छ मलाई
मन फाट्यो, च्यतियो, उदाङ्यो
टाल्ने तिम्रो माया शिवय
आरु केही छैन,
तेही तिम्रो माया पनि हिजो सम्म त मसँगै थियो
तर आझ तिमीसङै छ
मेरो मुटुमा डामिएको तिम्रो याद
कसै गरे पनि उदार्न सकिन
तेसैले अब, तिम्रो यादमा
जिन्दगी भर कबिता लेखेर बस्ने
निर्णय गरेको छु
केवल तिमीलाई सम्झिरहन!!!!
that is great!! i appreciate the way you write. Its also because when the youths of your age are gradually forgetting what nepali literature is your are coming up with it.keep it up. i dont want you to term it as bhutani literature as the chairman of this website says. its not a bhutani literature but its a nepali literature. KEEP IT UP.
जेगेन भई कविता त सारै मीठो लग्यो. एस्तै मीठा -मीठा कविता अनि अन्य कृतिहरु पस्कदै गर्नुस है…..सुभकामना छ भाइलाई….