पर्खिनु पर्छ
Nepali, Poetry, Shiva Lal Dahal, Writers
कवि
शिवलाल दाहाल
खुदुनाबारी झापा
प्रिये !
गुलाफको बोट
फुलेन भनेर नफाल
फुल्न समय लाग्छ
पर्खिनु पर्छ,
कहिले काहीँ म समयमा चुकें भने
मेरो साथ नछोड़
आइपुग्न समय लाग्छ
पर्खिनु पर्छ !
You might also like
Tags: Shiva Lal Dahal