पुनर्विचरणपत्र

Naina Sing Magar
लेखक

नैनसिंह मगर
न्यु योर्क, अमेरिका

“जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध कारणहरूले तड्पी तड्पी जिइरहेका छन् यस पृथ्वीमा, सबैका लागि हो ।

हामी आज एकाध कानो विवेकले गर्दा मानवसभ्यतालाई भत्काउने दिशामा चरम उत्कर्षमा पुगिसकेका छौँ । अतुलनीय प्रत्याभूतिका संघारमा परीक्षा, परिमार्जन र पारदर्शिता नभएको पनि होइन । फलस्वरूप, तपाईँहरू सबैले जान्नुहुन्छ, थाहा पनि छ तर, धौतक औकातका कारणले हुनसक्छ; वास्तविकतामाथि फाटक लगाइएका विन्दुहरु । म धेरै बखान गर्न चाहन्न, यहाँहरूको अगाडि तर मलाई लागेका कति कुराहरू यहाँहरुकै समीपमा पोख्न चाहन्छु । मेरा वेदनाहरु स्वीकार्नु, वा अस्वीकार गर्नु यहाँहरुकै चेतनशील दायित्वमा भर पर्दछ । तर यति आग्रह गर्दछु कि मलाई गालीगलौज गर्नुभन्दा पहिला मनन्, चिन्तन गरियोस् । सटीक भए मेरो निवेदनको सम्बोधन हुनेछ । बेठीक भए पनि मेरो निवेदनको अनुमिति हुनेछ भनेर म कामना गर्न चाहन्छु । आदिकालदेखि आजकालम्म, संसारमा रहेका चेतनायुक्त हामीहरूले अथक प्रयासमा कैयौँ कर्म गरेका छौँ भन्दा अत्युक्ति नहोला । यहाँहरुले अन्वेषण गर्नुभयो भने, हामीसँग स्रोत-साधनहरू उपलब्ध छन्; सबैका व्याख्या गर्नु मैँले पर्छ जस्तो लाग्दैन ।

अब म मेरो विषयवस्तुतिर प्रवेश गर्नको लागि अनुमति यहाँहरुबाट सहानुभूतिस्वरूप माग्दछु । अब पैसा, धर्म, राष्ट्र, जात, छालाको रङ्ग र भाषाको आधारमा मान्छेहरू पृथक् हुनुभएन; एउटै भावनाको मालामा हुनुपर्छ भन्ने मेरो निवेदन । किनभने यिनैका कारण आज तमाम देशहरूमा परिणाम विपरीत हुँदैछन् । यो पृथ्वी एउटै थियो । कसैले किनेको पनि होइन, बेचेको पनि होइन् । आज आएर पृथ्वीलाई दुईसयभन्दा बढी टुक्राहरुमा विभक्त गराइएको छ; हामीले दाम तोकेका छौँ एकार्कामा । हामी-हामी नै गरिब भयौँ । हामी- हामी नै धनी पनि भयौँ । कसैले साना राष्ट्र पाए, कसैले ठुला राष्ट्र पाए तर आखिर भोलि कसलाई राष्ट्र हस्तान्तरण गरेर जाने हो ! कसैलाई थाहा छैन । भोलि पानीले चाहेको खण्डमा यो माटो एकै छाक हुनेछ; त्यतिखेर हामी कहाँ उभिन सक्छौँ ? हामीले एकछिन् खान पाएनौं भने विस्फोट गराउँछौ तर, अरू हामीजस्तै अबोला प्राणीहरु कति दिन खान पाउँदैनन् होला के त्यो हामीले सोचेका छौँ ? आज यो दुनियाँमा हतियारमा होडबाजीमा चलिरहेको छ, आकिर किन कसका लागि उक्त सामग्रीहरू ? हामी हिँजो दुई जात (पुरष र स्त्री) पैदा भएका थियौँ । आज तिनै दुईबाट हामी यस संसारमा छरिन पुग्यौं तर, आज किन एक कुनाबाट अर्को कुनालाई धम्की, विस्फोट, विध्वंस गराइरहेका छौँ ? निमिट्यान्न पार्ने प्रलोभनको सङ्केत किन ? वास्तविकता के हो ? के अनुसरण गर्न खोजेका छौँ ? सबैले यो कुरो बुझ्न जरुरी छ आज । त्यसैले यो निवेदन केवल मेरो मात्र होइन । यदि यस कुरालाई हामीले अचिर गरेनौं भनेँ समयले नेटो काट्नेछ अनि हामी हामीमा नराम्रो कलुषित नृसंस भावना पैदा हुनेछ सदा सदाका लागि । मैले सबैलाई सुभलो कामना गरेर यस विषयमा जोड गरेको हुँ । मान्छेलाई संहार गर्ने विषालु पदार्थको सट्टामा बरु संसारकै विशाक्त किटाणु, हैजा आदि जस्ता वस्तुहरुलाई निस्फोट गरी उन्मूलन गर्नु उचित ठान्दछु । त्यसो गरे सर्वत्रमा सहकाल आउनेछ, अनिकाल हट्नेछ । संसारमा रहनुहुने सबै मानिसहरू हामी एउटै परिवारका हौँ । कोही पर, कोही वरका छैनौँ । त्यसकारण हामीले अनुन्याश्रित सम्बन्ध, मौत्रीभावपूर्ण सम्बन्ध कायम गर्नुपर्दछ । कसैले कसैलाई ढुट्याउने क्रिया रति गर्नु हुँदैन । सेवाभाव, अनुदान आदि गरेर रहनु म न्यायोचित सम्प्रेषण देख्दछु । कसैले पनि घमण्डको साथा पैसामा, राष्ट्रमा, धर्ममा, जातमा र भाषामा विपरीत तौरतरिकाले अनुमोदन नगरौं । हामी दुई गोडाले हिँड्छौं भने नैतिक मान्यता, वैचारिक विविधता, विश्लेषण क्षमता, टिकाटिप्पणी, सहिष्णुता, भाग्यवादिता आदि एउटै हुनेछन् । यदि एक सूत्रमा हामी आउन सकेनौं भने हामी गुरुत्वाकर्णको भुवँरीमा रहेर अन्तरीक्ष यानको दिवस्वप्नामा भागिदार हुनेछौं ।

अन्तिममा पुनः निवेदन परिभ्रमण दल तथा संसारकै परिवारहरू, एब जे जस्ता अघि भए, सबै बिर्सेर हामी नवीन मार्गतिर हिँड्ने यत्न गरौँ । धनले विकास गरौँ, मनले विवेक प्रष्फुटन गरौँ, जनले प्राकृतिक सम्पदाको संरक्षण गरौँ र बलले प्राकॉतिक प्रकोप नियन्त्रणका संरचनाहरू निर्माण गरौँ । रंगरुप हामीमा जस्तो भए पनि रक्तको सम्बन्ध गासौं । दुर्लभ बन्दै गएका देशहरूलाई गोडमेल गरौँ । लोप हुँदै गएका जाति, संस्कृति र भाषालाई केन्द्रविन्दुमा राखौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *