फुसको घर

राकेश कार्की
लस एन्जेलस, अमेरिका

नदी-कटानले झार्ला झार्ला जस्तो
एउटा फुसको घर
आधी झरेको आधी बचेको टेढो
जराले अड्काएको भर

कसको होला के भयो होला
चारैतिर छ सुनसान
भन्छन् गएको बाढीपहिरोमा
यहीँ गयो कतिको ज्यान

वरिपरि छ ढुङ्गैढुङ्गा
कहाँ बगायो खेतबारी
चुँडिएर लत्रिरहेको तुइन
आधी वारि आधी पारि

आउनेजाने बटुवा कुरा गर्छन्
अड्कल थरीथरी
“बसाइँ सरे होलान् कि!”
“न सबै मरे कि! कठैबरी”

“मदिसे परिवार बस्थे कि!”
“कि त पहाडे जन!”
जो थियो आफ्नै नेपाली
एउटा आफूजस्तै जीवन

सेप्टेम्बर २७, २०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *