फूलको कथा

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

त्यहाँ फूलहरु पनि थिए
काँडाहरु पनि थिए
ऊ पुग्दा, अरुहरुले फूल अघि नै टिपिसकेछन्
ऊ तिनै काडाँहरु टिपेर हिँड्यो
‘अर्को साल त किन ढिलो आउँला’
उसले मन मनै दोहोर्यायो
अर्को साल कसोकसो गरेर छिटै पुग्यो
खडेरीले कतै फूलै फुलेनछन्
ऊ तिनै काडाँहरु टिपेर फर्कियो
अर्को साल त कसो फूलहरु नफुलान्
घामले उसै वैलाइझरेछन्
ऊ तिनै काडाँहरु बटुलेर फर्कियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *