बस्ती जलेको रात
एल्.बि रिखाम मंगर
खुदुनाबारी, झापा
निर्दोष बोल्न नसक्नेहरु
ठाडो शिर हेर्न डराउनेहरु
निरङ्कुशताको दास भएर
बोकिरहेका थिए सतीदेवीको लास
बिचारा ! कस्ले ? के भन्न सक्यो ?
बस्ती जलेको रात
अन्धकारमय रात बलिरहेथ्यो
पाटी र पौवा ढलिरहेथ्यो
दीपशिखा जस्तै बार्दली र झ्यालहरु
निरन्तर–निरन्तर जलिरहेथ्यो
खै कोही पनि आएन
बस्न त्यहाँ बास
बिचारा ! कसले ? के भन्न सक्यो ?
बस्ती जलेको रात
जून नउदाएको अन्धकारमा
उसको ज्यादती सहन नसकी
जलन र पीडाको मारमा
मूर्छा परेकी चेलीलाई
खै ! कसले हेर्न सक्यो ?
पाषण हृदयको भुस्या कुकुरले
ग¥यो, गर्नु ग¥यो घात
बिचारा ! कसले ? के भन्न सक्यो ?
बस्ती जलेको रात
शब्द ओकल्ने ओठहरुमा
मौनता प्रस्टै दिखिन्थ्यो
नलर्बराउने खुट्टाहरू
कता–कता काँपे जस्तो
पारी क्षितिजको बादल
कालो घुम्टो ओडेर अल्मलाए झैं
चामे र बिरे पोको बोकेर
खोज्दै हिँडिरहेका थिए साथ
बिचरा ! कसले ? के भन्न सक्यो ?
बस्ती जलेको रात
कति मार्मिक अनि कति गहक शब्द चयन
लक्ष्मी प्रसाद ढकाल