बात्सल्यताको गहिराई
सञ्चमान खालिङ
पीए / अमेरिका
अतीत पुरानो, बिरानो लाग्दैन किन ?
यथार्थताको धरातल बेग्लै छ
आभास उही लाग्छ किन ?
अँधेरी रातमा बिजुली चम्किन्थ्यो, चट्याङ पर्थ्यो
म त्यो अँगालोमा लुक्थें
निर्धक्क लग्थोयो, त्यो बबुरो बच्चालाई
अङ्गालोले शीरदेखि पुच्छरसम्म ढाकेको महसुस हुँदा
कटुसको रुखमा जंगली कराउँदा
त्यही अङ्गालोले छोपेको हुन्थ्यो
मलाई कहिले पनि लाग्दैन कि
त्यो अँगालोभन्दा ठुलो छु
त्यो अँगालो भन्दा टाढा छु
( मेरो जीवन दर्शनको केन्द्र, बुबा श्री वीरबहादुर खालिङमा समर्पित)