बादलभित्र मडारिने प्रजातन्त्र ?

कवि
कवि

डिल्लीराम शर्मा आचार्य
नर्वे 

बादल भित्र मडारिने प्रजातन्त्रको
विश्वास हुदैन मित्र हुन्डरीले कहाँकहाँ पु¥याई दिन्छ
आज खै कहाँ घाम लागेको छ ?
दुईथोपा आँसु र एक मुठी हाँसो बोकेर हिडेकाहरु
ठूल्ठूला युद्ध मैदान भित्रभित्रै
पिठ्यूँ तिरबाट गोली थापेको छ
अनि विस्तारी मानवताबाद,विश्व बन्धुत्व
परपर सर्दै भागेको छ
त्यसैले त बादलभित्र प्रजातन्त्र मडारिएको छ ।

निसास्सिएको छ,गुम्सिएको छ,कालो,मैलो भएको छ
लठ्ठीका भरमा प्रजातन्त्र अडिएको छ
मातेको मान्छे जस्तो लर्खराइरहेको छ ,
पागल झैं बर्बराइरहेको छ र,
बाटो विराएको यात्री झैं भिमलाएको छ
त्यसैले त बादलभित्र प्रजातन्त्र मडारिएको छ ।

घाम र पानीको कुनै औचित्य छैन यहाँ
आँखाले क्षितिजमात्र देखेको छ
दिन र रातको दोसाँध छ यहाँ
हिजो भाविले यस्तै लेखेको छ ।

कलिला हात खुट्टा थर्थराइरहेका छन्
भत्केको दिमाग बर्बराइरहेका छन्
भोलिको उज्यालो पर्खेर
बादलभित्र मडारिने प्रजातन्त्र
गड्गडाएको छ यहाँ
जस्को कुनै औचित्य नेै छैन
फुस्रो गर्जाइ गर्जिएर पनि
निरिहलाई तर्साएको छ
त्यसैले त बादलभित्र प्रजातन्त्र मडारिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *