ब्वाँसे दृष्टि

कवि
कवि

दुर्गा सापकोटा
अमेरिका 

मेरो जन्मभूमिको
बिछोडको पीडाले
रुँदा रुँदै ओइरिएको
वर्षादको मुसल्धारे झरीझैं
वर्षिएको तातो आँसुले
जब-जब मेरो मुटु
उसिनिँदै जान्छ
गल्दै जान्छ
तब-तब ती नरभक्षीहरु
भोक प्यास र ग्लानिले अनि
सहाराहिनताले थलिएको
माउ गुमाएर विलापिएको
बबुरो मृगको पाठोलाई
ब्वाँसाको हुलले पछ्याएझैं
मेरो दुखेको मुटुमा
दारा गाड्न एंगल नाप्तैछन्
मेरो मुटु थिचेर
तिनीहरूको भान्छामा न्युट्रिएन्ट्स् थप्तैछन्
मलाई खँगारेर
परपीडक ती पाखुरामा केलोरी साँद्धैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *