भानुको महिमा
लाल विशाल मगर
खुदुनाबारी
रोप्यौ तिमीले ज्ञानको बीज
दियौ कहिल्यै ननासिने चीज
अहो ! तिम्रो महिमा अपार यो
बल्यो निभेन, मेरो मनको दीयो ।
हट्यो अन्धकार मनको सारा
पढेर किताब तिम्रा दुई- चार
बन्यौ तिमी देशकै आदि कवि
उच्च छ तिम्रो शिर अनि सारा छवि ।
अहो ! आज त साँच्चै भानु जयन्ती
साहित्यको दुनियामा जताततै तिमी
उ भित्र छौ,म भित्र छौ अनि हामीभित्र
तिम्रो योगदान साँच्चै कस्तो विचित्र !