भानू उदाएपछि
दधिराम लामीटारे
नर्थ डाकोटा
तन्द्रा वाट उठेर मानिसहरु स्नानाऽदि संध्या गरी
पूजा श्री शिवको गृहस्थ कुलको गर्ने प्रथा भो अघि
गर्छन् पौरख नित्य वाहु वलले आफै चिताए जति
लाग्छन् उन्नति तर्फ मानव सवै भानू उदाए पछि।१।
रात्री काल समान हुन्छ जहिले आलस्यले ढाकिँदा
राम्रो मंगल कर्म वञ्चित भयो भूताऽदिको वास् हुँदा
प्रेतात्मा र निसा चरादिहरुको खेल्ने र डुल्ने गलि
नाशिन्छन् अरु द्वार यो प्रकृतिका भानू उदाए पछि।२।
नेपाली पन लाइ पार्न सजिलो श्री राम गाथा अघि
भाषामा अनुवाद गर्दिनु हुँने श्री भानू आदि कवि
रामायण् यस काव्यको सुरसिलो छन्दै वनाए कति?
नेपाली मुख भीत्र गद् गद भयो भानू उदाए पछि।३।
खेताला र विवाह उत्सव अरु अन्त्येष्टि यो कर्ममा
गर्छन् वाचन नित्य यो प्रभु कथा एकाग्र पारी मन
गुन्ज्यो पर्वतको हिमाल वनमा व्याँसी तराई अति
राम्रो मुक्ति मार्गको उदय भो भानू उदाए पछि।४।
घाँसीका उपदेशले जगतको उद्धारका खातिर
धेरै काव्य रचेर भूमि तलमा साहित्यका सुन्दर
छर्नूभो कविले सुगन्ध जहिले हाम्रो समाजै भरी
यो साहित्य सुधा अगिल्तिर सर्यो भानू उदाए पछि।५।