भाषा संघर्ष

नेत्र आचार्य
टेक्सास, अमेरिका Netra Acharya

भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं
आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं
मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा
ईतिहास बगे नदी तिर भई चेली डरे खाटमा ।

आमाको पुछियो निधार भरिको टिकी र सिन्दूर त्यो
दाज्यैको शब भेटियो बगरमा रक्ताम्य रक्ताम्य हो
नेपाली मनबाट बग्न सहजै लम्केर पाहाडमा
आए मौलिकता बचाउन भनी पुर्ख्यौलि नेपालमा ।

नेपाली मन हो फुलेर गजबै छाती पिटेका थिए
भाषा धर्म लडाइको जड भयो, देशै गुमाई पिए
जिवित् राख्छु म लौ भनी गगनको स्वप्ना देखेथे कती
आखिर् फुल्न गयो विदेश भुमिमा साहित्य भाषा जती ।

(शार्दुलबिकृडित छन्द)
SSS IIS ISI IIS SSI SSI S

Leave a Reply

Your email address will not be published. Required fields are marked *