भिरका फल
गोविन्द लुइँटेल “यार”
अमेरिका
सिरानीमा आँसु बग्यो देखिएन कुनै ताल
त्यही तालमा सवार रहेछ पापी माया जाल
आशा रहेछ उड्ने बादल इच्छा नौलाखा तारा
त्यही तारामा अल्झ्या रहेछन् हाम्रा अनेक पारा
सपना रहेछन् भिरका फल मोह पलाशको फूल
त्यही फूलमा बस्दा रहेछन् च्याउ सरी शूल
नाता रहेछ हिँड्ने पुल घमन्ड रिस त भूल
त्यही भूलको ओढ्या रहेछौँ हामीले ठुलो झूल