भुटानी निरंकुशताभित्र जन्मिएको भुटनी नेपाली साहित्य
डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे
करिव सन् १९०० शताव्दीसम्म भुटान भित्रिएका नेपालीभाषीहरु भुटान निर्माणकार्यमा मात्र व्यस्था रहे । त्योताका शिक्षादीक्षाको कुनै अवसर थिएन यो साहित्य भन्ने विषय केहो भन्नेमा अनभिज्ञ नै होलान् । भुटानको पनि उत्ति राम्ररी विकाश भएको थिएन । तिव्वत र भारतसँग अनि समय समयमा आफ्नै देशभित्र भएको गृहयुद्धले गर्दा भुटानले हैरानी खेप्नु बाहेक अर्को कुनै विकल्प पनि थिएन ।
१४ शताव्दीतिरै पश्चिमेली देशहरुमा साहित्यको चहलपहल शुरु भएको इतिहास पाइन्छ । त्यसोता त्यो भन्दा कैयौं शाताव्दी अघिनै संस्कृत साहित्यको उद्भव भने नभएको होइन । विडंवना त्यो साहित्यले केवल धार्मिक स्वरुपमात्र धारण गर्न पुग्यो र अझ त्यसलाई पनि ब्राह्मण जातिले आफ्नो पेशा बनाएर मुठीभित्र कब्जामा राखे । त्यसपछिका दिनहरुमा पश्चिमेली साहित्यले भने अनेक अड्चल,मोड र बाधाहरु पार गर्दै आफ्नो स्वरुपलाई मुहुर्त रुप दिन थाल्यो । क्रमशः त्यो क्रम बड्दै गएर त्यस्को प्रभाव भारतमा प-यो अनि भारतीय हिन्दी तथा वंगाला साहित्यको जन्म हुन पुग्यो । अनि त्यस्को लगत्तै भारतको कालेवुंङ,दाजीलिं अनि सिक्किममा बसोबास गर्ने नेपाली भाषीहरुमा नेपाली साहित्यको चहलपहल हुन थाल्यो र मात्र नेपालमा नेपाली साहित्य भित्रियो भन्नु अत्युक्ति नहोला ।
सन् १९६० को दशकतिर दार्जीलिङ,कालेंपुङतिरका साहित्यकारहरुको प्रभाव बड्दै गएर भुटानमा पनि प¥यो र भुटानी नेपाली साहित्यको जन्म हुन पुग्यो । दक्षिण भुटानका विद्यालयहरुमा कक्षा ८ सम्म नेपाली भाषाका पुस्तकहरुको पठनपाठन हुने गर्दथ्यो र पठनपाठन गराउने शिक्षक शिक्षिकाहरु पनि दार्जीलिङ र कालेवुंङबाट नै थिए । धेरै समयसम्म त्यो क्रम निरन्तर रुपमा चलिरह्यो । भुटान क्युन्सेल र ड्रुकल्होसल पत्रिकामा पनि त्यही प्रभाव परेर निरन्तर रुपले साहित्यिक लेखहरु छापिदै गए । यसरी क्रमिकरुपमा विकाश हुँदै गएको थाह पाएर भुटानी नेपाली साहित्यप्रति भुटानी निरंकुशताको बक्रदृष्टि प-यो र भुटानी नेपाली साहित्य निमिटेन्न हुन पुग्यो ।
यसरी निमिटेन्न बनाएको भुटानी नेपाली साहित्यको करीब १२ वर्ष पछि प्रवाशमा आएर सन् १९९३ मा गंगाराम लामिटारे र भवानि शंकर अधिकारीको संयोजकत्वमा नेपाली भाषा परिषद भुटानको गठन हुन पुग्यो ।
यसरी भूटानी मूलका नेपाली साहित्यकाहरूको सूचि पल्टाएर गन्नु पर्दा भुटानमा नेपाली साहित्य शुरु भए यता भुटानी साहित्यले जन्माएका साहित्यकारहरुको संख्या र साहित्यिक कृतिहरूको यस प्रकारले विकास भएको पाइन्छ । नारायणप्रसाद लुइटेल साम्चीको “शिवालय माहत्मे”(१९७७)“नारायणोपदेश” (१९८५)“ज्ञान दपर्ण” (१९८५) गौेरीशंकर उपाध्याय चिराङको “शंकर महाकाव्य” (१९८५) “हिमाल कविता संग्रह” (१९८५) देवीभक्त लामिटारे चिराङको निर्वासित अवस्थामा प्रंकाशित “दन्किदो भूटान” (१९७०) “कुम्भपर्व, हिमाचल दर्शन” रहेका छन् । घनश्याम रेग्मी दागानाको “कल्पत्रयी” (१९८८) छचल्का कविता संग्रह डा.हरिप्रसाद अधिकारी चिराङको “सामाजिक दशर्न” (१९८७) र संसारिक चिन्तन” रहेका छन् । डिल्लीराम शर्मा आचार्य सरभाङको “भूटानी आन्दोलनको विवरण” (कवितासंग्रह) (१९९६) “जन्मभूमि” कवितासंग्रह (१९९७) “चट्याड.” गीति खण्डकाव्य (२००१)“मातृभूमि” महाकाव्य (२००१) सरिता खण्डकाव्य,(२००४) राधा महाकाव्य(२००४) वसन्त महाकाव्य (२००४) परिवर्तनका मोडहरू कथा संग्रह (२००४) कस्ता छन् कविताहरू कविता संग्रह (२००४) आचार्य वंशावली (२००५) शरणार्थी समस्याबाट दक्षिण एसिय नै प्रभावित बन्दैछ लेख (२००७) देश खोसिए पछिका दिनहरू उपन्यास (२००७) प्रकासित भएका छन् । लक्ष्मी निरौला “सयपत्रीकोथुगो” वेदनिधि सुवेदी चिराङको “सूधा विन्दू” (१९८४) इन्द्र खवास सरभाङको “एतिहासिक भूटान” (१९९६)“आमाको गुनासो,औसींको जून” । पशुपति तिम्सिना चिराङको “पशुपति कविता संग्रह” (१९९९) तुम्वेहाङ लिम्बू साम्चीको “भग्नपखार्लको सयपत्री” (कवितासंग्रह १९९८) डीबी खत्री सरभाङको“सत्यनुशरण” (१९९६) जगन्नाथ मिश्र चिराङको“रावण गीता” (खण्डकाव्य) (१९९८) डम्बर खरेल, चिराङ नारद खरेलचिराङ र डम्बर अवस्थीको साम्ड्रुप्जोंखरको संयुक्त “त्रिवेणी” (वितासंग्रह २०००)विप्लव आचार्य सरभाङको “अखण्ड राँको” (कवितासंग्रह (२००१) नैनासिंह सारु मगर सरभाङ र याम थुलुड.(राई)सरभाङको संयुक्त “दोभान” (कविता संग्रह) (२००१) विजय राईको “ऐनाभित्र” (उपन्यास) (२००१)गोपाल लेप्चा “जिन्दगी” (उपन्यास) (२००२) बलराम पौढ्याल साम्चीको “भुटान फर्केर हेर्दा .(१९९५) भूटान हिजो र आज” (२००१)गंगाराम लामिटारे चिराङको“गौरीशंकर अधिकारीको जीवनी र कविवरको व्यक्तित्व शोधपत्र”,पत्रकारिता सम्बन्धी लेख भाग १ र भाग २ । भोलानाथ सापकोटा चिराङको “भूटानी नेपाली पत्रपत्रिकाको खोज एवं अध्यायन” (शोध पत्र) (२००१) सुनिता खव्डकाव्य र भावना कविता संग्रह प्रकाशित भएका छन् । बोधराज ढुंगेल चिराङको डिल्लीराम शर्मा आचार्य व्यक्तित्व एवं कृतित्व शोध पत्र (२००५) डा. खेमप्रसाद नेपाल चिराङको गौरीशंकर अधिकारी व्यतित्व एवं कृतित्व शोधपत्र (२००५) प्रकाशित छन् भने टीकाराम सांपाङ,लीला लिब्बू र मनिराम (मदन)को संयुक्त कविता संग्रह पहिलो पाइला २००२ मा प्रकाशित भएको छ । याम थुलुङ सरभाङको आ“सुका थोपाहरू गजल,(२०६०)अरक्षित यात्रा गजल (२०६२) शिवलाल दाहल आकाश गंगामा तरंगिएको पानी जाहाज कविता संग्रह,ममता राई (मोक्तान) बेदना गजल (२०६२),लीला लिम्बु र मनिराज (मदन) र शिविलाल दाहालको तृवेणी कविता संग्रह प्रकाशित भएका पाइन्छन् । गीताप्रसाद घिमिरे चिराङको आशिर्वाद खण्डकाव्य (२००४) लक्ष्मीनारायण ढकाल भूमिपुत्र कविता संग्रह(२००४) मनिराम (मदन) फुटेका सत्य कथा कथासंग्रह (२०६१) केशव आचार्य चिराङको बेदनाका छालहरू गजल (२००६) राजु सुब्बा छालहरू गजल (२०६२) कृष्णदास भन्डारी (काइलो)साम्चीको चौसठ्ठीचोक गजल (२०६१) राजु सुब्बा,लीलबहादुर राई र नाराणय रिजालको संयुक्त कविता संग्रह रत्न (२०५९) प्रतिमान शिवा डोवहरू कविता संग्रह (……) टिकादक्त धिताल सरभाङको आमाको माया कविता संग्रह (२००७,आँसु कथा संग्रह २००७) प्रकाशित छन् । टेकनाथ रिजाल निर्वासन इतिहास २००४ कमलापति सुवेदी भुटान आजको परिपेक्षमा (२००५)लेख प्रकाशित छ । नारद तिमसिनाको –नाति कथा संग्रह ,नाति कविता संग्रह पद्य,नाति कविता संग्रह गद्य र नाति निबन्ध संग्रह प्रकाशोन्मुख छन् ।
यस अतिरिक्त पत्र—पत्रिकाका रुपमा देखापरेका साहित्यिक रचनाहरु पनि ठूलो संख्यामा निस्कन सकेका छैनन् । सन् १९७१—७२मा हरिपसाद अधिकारीको सम्पादनमा बनारसबाट प्रंकाशित “अमर भूटान” एक अड्ढ (१९७१)मा पिपल्स फरमफर युमराइट्सले “अमर भूटान” एस.सुब्बा र हरि अधिकारीको सम्पादन्मा कोक्राझारबाट “भूटानी आवाज” (१९९१) सन् १९९४ मा बी.एन्. डी.पी.ले तेस्रो “अमर भूटान” एक अड्ढ प्रकाशित ग-यो । सन् १९९०मा डा.हरि अधिकारीको सम्पादनमा बनारसबाट “मुक्ति” पत्रिका छापियो तर कारणवस उपलव्ध हुन सकेन । नेभापभूद्वारा “भूटान परिचय” सन् (१९९८) मा प्रकाशित भयो भने सन् १९९१ मा बलराम पौढ्यालको सम्पादनमा “भूटानी आवाज” प्रकाशित भयो । सन् १९९० मा एस्.यू.बी ले “भूटानफकस्” नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित ग-यो । सन् १९९३ देखि भीम सुब्बाको सम्पादनमा “भूटान रिभ्यू” मासिक समाचार नेपाली अंग्रजी दुबै भाषामा प्रकाशित भयो । सन् १९९२मा भागवत निरौलाको सम्पादनमा “भूटानी नव सन्देश” वार्षिक पत्रिका प्रकाशित भयो भने दोस्रो दामोदर भण्डारी ,तेस्रो र चोथो आर.के.ढकाल पाँचौं अड्ढ केशवस्वरुप, छैटौं यदुराम भण्डारीका सम्पादनमा बनारसबाट प्रकाशित भएका छन् ।
सन् १९९६ मा एस.एन. काफ्लेको सम्पादनमा वृन्दावनबाट “भूटानी दीपक” पहिलो र दोस्रो अड्ढ प्रकाशित भयो । सन् १९९८ मा डा. हरिप्रसाद अधिकारीको सम्पादनमा बनारसबाट “सनातन सन्देश ” एक अड्ढ प्रकाशित भएको छ । सन १९९८मा आर.डब्लू.एफ. मार्फत मेनुका नेपालको सम्पादनमा “भूटानी नारी मुक्ति सन्देश” प्रकाशित भयो । सन्१९९७ मा “स्वर्ण दीपक” सन् १९९५बाट नेभापभूको “भूटानी कोपिला” गंगाराम लामिटारे ,कपिलमनि दाहालको सम्पादनमा वार्षिक रुपमा प्रकाशित भइरहेका छन् १ नबम्बर २००० देखि “भूटान जागरण” पाक्षिकरुपमा कपिलमनि दाहाल र विष्णुलाल लुइटेलको सम्पादनमा प्रकाशित हँदै आएको छ ।
केही अड्ढ प्रकाशित भएको छ भने मासिक योग सन्देस नारायणप्रसाद रेग्मीको सम्पादनमा सन् २००७ र बाल आवाज भीम अधिकारीको सम्पादनमा सन् २००५ अनि बालसृजना इन्द्र तिमसिना र दघिराम अन्तिमको संयुक्त सम्पादनमा २००५ देखि प्रकाशित हुँदै आएका छन् ।
यस अतिरिक्त पछिल्लो समयमा आएर प्रकाशित भएका पुस्तकहरुको नामांकन सूचि पाउन सकिएको छैन । भुटानी साहित्याकाशमा देखापरेका सांगीतिक प्रतिभाहरु पनि कम छैनन् । १. प्रताप सुब्बा एल्बम् बन्धनको चिनु,मुक्ति… २. नन्दिकिशोर शिवाकोटी इलामैको चियाबगान ,मेचीकाली ३. जीवन गुरुङ जीवनको सृजना ४. हरि पौढ्याल पानी अमला ५. बलराम मगर इलामैको चियाबगान ६. गोविन्द फुयाल भक्ति रस भाग १ र २ ७. डम्बर खापुङ उजाड ८. महेश थुलुङ तिम्रो यादले,डीबी रसाईली ९ देखा परेका छन् र अरु पछिल्ला समयमा प्रकाशित भएका सांगीतिक एल्वम्हरु भने थाह हुन सकेन । थोरै शब्दमा भन्नु पर्दा यो नै शरणार्थी अवस्थाको ठूलो उपलव्धी एवं गौरबको विषय हो |
यस्को राम्रो पक्ष प्रसस्तै छ । त्यो कहाली लाग्दो अवस्थालाई नजर गर्दा यतिको साहित्यिक विकास हुनु भनेको भुटान र भुटानीहरुको मात्र गौरब थिएन, यो समग्र रुपमा नेपाली साहित्य जगतको नै गौरबको विषय हो भन्ने पनि हामीले बुझेका हौं । तर दुःखलाग्दो पक्ष के छ भने भुटानी सर्जकहरुलाई नत भुटानका वुद्धिजीवी वा राजनीतिज्ञ भनाउदाहरुले नै कद्दर गर्न सके नत नेपाली साहित्यकारहरुले नै । ।
नेपालका वरिष्ठ साहित्यकारहरुको भन्दा बरु भारतीय साहित्यकारहरुको दृष्टिकोण भुटानीहरुप्रति सकरात्मक रहिरयो र सानोतिनो आर्थिक सहयोग जुटाउन पनि भारतीय साहित्यकारहरुको मुख ताक्न पर्ने अवास्तविक्ता बनेन ।
आफ्ना देशबाट उपक्षित एवं तिरस्कृत भएर वाँच्न वाध्य भएका भुटानी सर्जकहरुलाई राष्ट्रवीहीन भएकै कारण पनि यस्तो अवस्था सृजना हुन पुगेको हो र आफ्नो पौच फुकाएर फस्टाउन नसकेको तीतोसत्य जीवीतै छ । यसको अलवा पछिल्लो समय यता भुटानी नेपाली साहित्य खुम्चिदै गएर केवल फुटकर कविता र केही गजलहरुमा यस्ले आफ्नो प्राणलाई अड्याउँदै आएको मात्र छ ।
यो अवस्थामा आएर पनि नवप्रतिभाको नेतृत्वमा नयाँ जोश,जाँगरका साथ विभिन्न अड्चनहरुलाई पार गर्दै अघिबडाउने कार्य निरन्तर भइरहेको छ । आजा आएर भुटानी साहित्यले सबै पक्ष,वर्ग,भाषा एवं क्षेत्रलाई समेटेर समानुपातिक ढंगबाट यो साहित्यको विकाश तथा संवद्र्धन र उत्थान गर्न जोडतोडले सञ्जाल मार्फत प्रयत्न भैरहेको छ । यो सरहणीय,एवं प्रसंशनीय विषय पनि हो । हरेक प्रतिभाहरुको साझा थलो वा मञ्च अथवा आफ्ना दुःख,पीडाहरु बिसाउने साझा चौतारीको स्थापना गरिदिने भुटानी साहित्य डट कम अनि गोगल समूहका परिश्रमी भाइबहिनीहरुलाई म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।