भूल मेरै
दिपक थापा
भर्जिनिया ,अमेरिका
मन भित्रको घाउ अनायासै
बल्झिएर दुखी
पीडामा चरचर्ती
छाती चिरिँदा आँसुका डिक्काहरू
बग्रेल्ती बलेंसीको
पानीसरी तप्कीएर
अर्थविहीन बनीरहेछ
फूलको गुच्छामा
लुकेको काँडा खित्का
छोडेर आफ्नो दुखमा हाँसिरहँदा
लाग्छ यो पापी
माया एउटा विषालु जहर
बनेर मृत्यु पर्खिरहेको छ
हाँसी खुसी
एउटा निर्जीव मुढो
बनी कसैको सामु
वियोगमा तड्पिएर
लड्दा मात्र दिल दुखेको
ठान्दा ठान्दै
हरेक यादहरु सन्ठिझै
पड्याक्क भाँचिन्छ
हरेक प्रहर स्मृतिका
ठेलीहरु
सिउँदोको रेखी साँची राखेर
सिन्दुरको होली खेल्दैमा मात्र
आफ्नो हुने यो खेल
पल पल मुटुमा गाडा बसेको
तस्वीर आँखा चिम्लिंदा पनि
झलझल नाच्ने तस्वीर नै
ग्रहणलगाई दिन्छ
दिनदहाडै यो खुसीहरुमा
मुटुमा जतन गरेर राखेको मान्छे
आँखाको परेलीमा राख्न
कस्लाई पो रहर नहुँदो हो
तर आँसुले बगाउँदाको पीडा
एउटै मुटु टुक्रा टुक्रा भएर
चोइटिँदो रहेछ
आज भोली
हिजोको खुसीहरु
मेरो पेवा रहेनन् अब
सम्झिएर तड्पिनु बाहेक
तिमीलाई खुसी तुल्याउन नसक्नु
भूल मेरै हो
सिसा झैं फुटेको मेरो कर्म