मनहरु, सपनाहरु, जीवनहरु

गणपति दाहाल,
न्यूयोर्क अमेरिका

मनहरु, सपनाहरु, जीवनहरु
असिमित
आशा र अभिलाषा
बोकेका तारा–पुञ्ज
शब्द–शब्दमा
वाक्य–वाक्यमा
पाइला–पाइलामा
करुणाको भीख माग्न
वाध्य छन्
विवश छन्
वाध्यता र विवशता
समय र परिस्थिति
दुःख र वेदना
अभाव र अनिकाल
हुरी र बतासका
अल्थिमेतम पत्रहरु
पाइला–पाइलामा तेर्सिन्छन्
संघर्षका पर्खाल बनेर
चुनौतीका अखबार बनेर
दाशत्वका पराकाष्ठा बनेर

तर
मनहरु
सुनौलो भविश्यको
सपनाहरु
नयाँ विहानीको
अनि जीवनहरु
सुरक्षित मार्गको खोजीमा
समयको कठघारमा
आस्थाका बन्दी बनेका छन्
त्यसैले
मनहरु
सपनारु
जीवनहरु
कुनै पनि संर्घषका दस्तावेजहरुमा
कुनै पनि सम्झौताका धाराहरुमा
कुनै पनि मेलमिलापत्रहरुमा
हस्ताक्षर गर्न सक्दैनन्
किन भने
यहाँ
प्रत्येक यात्राहरुमा
कलम्वसका डरलाग्दा कथा सुनाइन्छन्
आधीँ र हुरीका कहानी दो-यान्छन्
बमुडा ट्राइङ्गको ट्रेजीडी पढाइन्छन्
सुनामी र ज्वालामुखीका हाड न्यूज लेखिन्छन्
हिटलर र पोल्पोटका आत्मकथा सुनाइन्छन्
दन्तेकथाका पात्रहरुको मात्रै इतिहास घोकाइन्छ
डेडुलस र इकारसको प्रयोग, पाठ पढाइन्छ

Don't have a Facebook account? Please, use the form below with other options!