मन कहाँ दुख्छ त्यसै !

कवि
कवि

कर्ण गुरुङ
नेब्रास्का, अमेरिका

मन कहाँ दुख्छ त्यसै !
– दुखाएपछि पो दुक्छ !
दु:ख कहाँ हुन्छ त्यसै !
– दु:ख मानेपछि पो दु:ख हुन्छ !
चिन्ता कहाँ त्यसै हुन्छ !
– सम्झिल्याएपछि पो हुन्छ !
कहाँ ठुलो मान्छे हुन्छ !
– साँच्चै चाहेपछि पो हुन्छ !
कहाँ चाहँदैमा हुन्छ त्यसै !
– लागि परी गरेपछि पो हुन्छ !
कहाँ असफल हुन्छ त्यसै !
– असफल सोची गरेपछि पो हुन्छ !
कहाँ सानो होइन्छ त्यसै !
– आफैँले सानो सोचेपछि हुन्छ
कहाँ बिचरा होइन्छ त्यसै !
– बिचरा हुने कर्मपछि पो हुन्छ !
जीवन कहाँ सफल हुन्छ त्यसै !
– सत्कर्म गरेपछि पो हुन्छ !
विचार कहाँ बग्छ त्यसै !
– सोचेर बगाएपछि पो बग्छ !
विद्वान कहाँ हुन्छ त्यसै !
– अध्ययन गरेपछि पो हुन्छ !
कहाँ देख्छ र त्यसै !
– देखाएपछि पो देक्छ !
नक्कल पर्दैमा कहाँ सुन्दर हुन्छ त्यसै !
– मन सुन्दर भए पो खास सुन्दर हुन्छ !
संसार कहाँ अडिन्छ त्यसै !
– विश्वास गरा-गर गरेपछि पो हुन्छ !
प्रेम कहाँ हुन्छ त्यसै !
– आत्मा शुद्ध परे पो हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *