मानसिक तनाव
भावना गिरी
क्यानाडा
सुन्दा र हेर्दा दुई शब्द हो यो
मुस्कुराएको मुहारमा लुकेको दर्द हो यो
भोलि ठिक हुन्छ भनी अहिले बिगार्ने ढाट हो यो
श्वास छोडी जीवन कब्जामा पार्ने घाट हो यो
कहिले नदेखिने मुटु अनि तन मनको चोट हो यो
सारा दुःख अनि पीडा फलाउने बोट हो यो
लाखौँ भावनाहरूलाई ढाक्ने पर्दा हो यो
सत्य लुका अनि झुटो खुसी छर भन्ने नामर्द हो यो।