मेरो कलम
तिलारुपा आचार्य
अमेरिका
अनेकौ प्रश्नहरू अनि अन्योलबीच
सोच मग्न बनेको ,
मेरो मन र मस्तिस्क बिचको
विचार धारामा अडीएर
पुरानै हत्केलाको सहारा अनि ,
खिदै गरेको औलाको सहयोगमा
वर्तमानको दौडमा निस्किएको मेरो कलम|
कहालीलाग्दो हिजो र
निशासिदो भोलि लिएर हिडेको
मेरो कलम वर्तमानमै अन्योल छ |
कुन ? पिडाको व्याख्य गरोस््
कुन ? खुसीको बयान गरोस्
अभावै अभावको फूलबारी
फक्रीएका पिडा,
काडाहरु बिचको सङ्घ्रर्स
झर्दै गरेका पात,
पहेलिदै गरेका पतिङ्गरसँगको
असीम याद|
तिता मिठा सपनाहरू,झुट्ठा आस्वासन
अनि कल्पनाहरुको सुन्दर आकार
सजाउन व्यस्था रहयो मेरो कलम |
भोलिको सुनौलो बिहानीको
उदाउदो घाम,
सप्तरङ्गी इन्द्रेणी,
आफ्नै घरको आँगन,कौसी
अनि करेसाबारीमा टप्केका शीतका थोपा
बोटा बृक्षमा नयाँ पलुवा,
विछोडपछीको झिनो आस
आफ्नै गुडमा फर्किएका चराचुरुङ्गिहरुको ताति
कोर्न डग्मगाउने मेरो कलम |
अब बाजी मार्छ
पिंजडामा बन्द गरेको पन्छिझै
कैद भएका भविष्य
रंगिन सपनाहरुका
अनगिन्ती पाटाहरु सजाउने छ|
कोहिलिको सुमधुर आवाजमा
डाँफे चरीको नाँच
आफ्नै कला संस्कृतिको तालमा
भुतकालका तिता छापहरु
केर्मेट गर्दै
वर्तमानसंग ताते गर्दै,
भविष्य डोर्याउन
मेरो कलमले मसी फेर्ने छ
अवश्य,
वर्तमान र भविष्यको
मसीले भरिने छ मेरो कलम |