मेरो भानुभक्त
वासुदेव ओस्ती
क्यानाडा
भानुभक्त आचार्यको
नाम सुन्दा
म निकै ठुलो भएको थिएँ ।
उनको बारेमा जान्न
मलाई,
थुप्रै पुस्तक पढ्नु परेको थियो ।
तर,
जब मैले भानुको बारेमा जाने
तब थाहा भयो,
उनी त
मेरो जन्मदेखिकै साथी पो रहेछन् ।
मैले त उनलाई
भ्रुण अवस्थाबाटै पो
चिनेको रहेछु !
संसारमा ओर्लिएदेखि नै
उनीसँग मेरो
सम्बन्ध स्थापित
भइसकेको रहेछ,
तर,
म त अनभिज्ञ थिएँ ।
पछि,
मलाई थाहा भयो
मेरो जन्म पछिको
च्याँर्-च्याँरदेखि
आजको कवितासम्म
सबैमा भानु नै भानु पो रहेछन्,
उनी त मेरो प्राण पो रहेछन !
आज
म हर्षविभोर छु,
किनकि,
भानुकै नासो प्रयोग गरी
उनकै वर्णन गर्न पाएको छु !
त्यसैले,
भानु तिमी सधैं
मेरो साथमा थियौ,
छौ र रहनेछौ ।
तिम्रो भौतिक रुप नरहे पनि
तिमीले देखाएको मार्ग जीवन्त छ
र, म सधै तिम्रै मार्गमा हुनेछु
किनकी,
तिमी त मेरो स्वास, मन र प्राण हौ ।