मेरो राष्ट्रियता
अजिङ्गर मरे जस्तै लामो र कालो सडक
आकाशमा बादलले नक्सा बनाउँछ
टुप्पी हराएको मेरो देश।
मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ
बाटो हेरेर के पायौ
आखिरमा यतै आयै।
मैंले टेकेको धर्ती हिलिन्छ
आँखाले देखेको दृश्य धमिलिन्छ
साँझ परेछ।
ठूला ठूला भवनको
धुलो लागेका पर्खाल पुछेर
घर फर्किदैछन् नानीहरू
स्ट्रिट ल्याम्पको पुत्ली बनेर।
भन्छन्, मेलनि राम्री छे
भन्छन्, मिकाओ डर लाग्दो छ
अनि मलाई हेर्छन् र भन्छन्
सबै जस्तो चर्चमा किन नगाको?
…. रात परो त अब सुत्न जानु।
अहो ! रात प-यो
मेरो देशमा घाम झुल्किँदै छ
अब छिट्टै उज्यालो हुँदै छ।
मलाई जगाउँछ एउटा सोचाइले
जहाँ म खेत जोतिरहेको छु
मलाई सताउँछ एउटा घोचाईले
यहाँ किन म बाँचिरहेको छु?
ओच्छ्यानको एक छेउमा
सानो र झत्ते लुगा लगाएको
अत्यन्त दु:खित जीर्ण
अजीव वस्तुको आभास हुन्छ।
विदेशी फोटोग्राफरले खिच्न नसकेको-
मेरो राष्ट्रियता
मेरो छेउमा बसेर झोक्राई रहन्छ।
the poem he wrote is everyone’s attitude and everybody thinks about it not from one or two days but from twenty or more years. i know sabin from the very time hood and he is really a good literary figure of Bhutanese society and we do respect him so and so much.