मेरो हृदयकाश !
अनन्त आचार्य
अस्ट्रलिया
हृदय काशमा बादल मडारिएर,
सुनकोस छियाछिया भइन् ।
मानस अनौठो गतिमा बग्न थालिन् ।
कस्तुरीहरू बास्ना विहीन भएर,
पानीबिनाको माछो जस्तै- एकोहोरो उफ्रन लागे
अनायासै हुरी सुरु भयो
जङ्गलका जनावरहरू
आफ्नै भाषामा रुन-कराउन थाले;
सबै फूलहरू बास्ना विहीन भए;
माटो अनौठो गतिमा परिणत;
आँसु मिच्दै मैले भनेँ – हाम्रो माटोमा सुनामी..!
यो देखेर ढुङ्गाको, मुटु पनि पग्लियो।
आकाशमा उड्दै गरेका,
पन्छीहरू पनि भावविह्वल भएर,
सबै भुइँमा झरे।
प्वाँखहरू भाँचिए,रगताम्य भए
तर,असीत मुटु पग्लेन ..!
रात हाँस्यो, आँसु बग्यो,
जन-झन कठोर बन्दै गयो कस्!
मेरो आकाश….!