मैत्री आत्मा
कर्ण गुरुङ
नेब्रास्का, अमेरिका
नेब्रास्का, अमेरिका
फरक यति नै छ
डी एन ए को खेल छ
प्रकृतिसँग जोडिएर
चेतनाको मेल छ
आफ्नो सत्य बुझेर
बाच्नेहरूको दम छ
आखिर सबै एउटै
सृष्टिसँग मिल्छ
हरेक चिजको उदय हुन्छ
त्यस्तै त्यसको विलय हुन्छ
बुझ्नु पर्ने यति
सत्य स्विकार्नु नै पर्छ
बिहान घाम झुल्किन्छ
साँझमा फेरि अस्ताउँछ
यो एउटा चर्खा छ
सधैँ चलिरहन्छ
बुझ्नु यति नै छ
डी एन ए सरिरहन्छ
न्युरन्सको विकासले
पुनर्जीवित हुन्छ
म भन्ने तत्त्वको भ्रम
फेरि अवस्थित हुन्छ
यहाँ फरक यति नै छ
डी एन ए को खेल छ
प्रकृतिसँग जोडिएर
चेतनाको मेल छ।