मैले पनि गाएँ…!
गोविन्द लुइँटेल
ओहायो, अमेरिका
स्वर नहुँदा नहुँदै पनि
बेसरी कराए डाँडामा झैँ
सुर र सङ्गीत बिनै
शब्द र भाव बिनै
आकाशलाई निर्णायक
धर्तीलाई दर्शक/श्रोता राखेर
चराहरूलाई उछिन्दै
आफ्नै ढङ्गमा, आफ्नै रङ्गमा
कुनै अभ्यास वा तयारी बिना
बडो फुर्ती र निडर भएर
“कर्कलाको पानी अभरीलो जिन्दगानी”
भन्दै कैले नलेखेको
कैले नगाएको मैले पनि गीत गाएँ
अचम्म मैले पनि गाएँ
बाफ रे बाफ !