म गरिब
श्रीलाल सिवा
न्यू ह्याम्पसायार, अमेरिका
न्यू ह्याम्पसायार, अमेरिका
मलाई अचम्म लाग्छ
अहिलेसम्म पनि
म गरिब हुनुमा !
याद छ मलाई
म जन्मिँदा मेरा बा-आमा
गरिबहरू मध्येका गरिब थिए !
र आज म
जीवनको उत्तरार्धमा
क्षितिजलाई पहेंलपुर पारी
अस्ताउन लागेको घाम झैँ म
तेल सकिएर
धिप-धिप गर्दै
निभ्न लागेको दियो झैँ म
आज घरले जा जा भन्दै
श्मशान घाटले बोलाइरहेको बेला
म पनि गरिब छु।
जति बेला ममा
जोस, जाँगर, र यौवन थियो
शरीरका अङ्ग-अङ्गमा
ऊर्जा सलबलाइरहन्थ्यो,
सिङ्गै हिमाललाई
काँधमा बोकेर हिँड्ने
आँट थियो;
समुन्द्रको पिँधमा पुगी
मोती टिपी ल्याउन सक्ने
साहस थियो;
एकै चोटि कराउँदा पनि
संसारभरले सुन्ने
आवाज थियो-
स्वर्गमा आफ्नै
घर बनाउन सक्ने
सपना पनि थियो !
तर म
जहिले पनि शिथिल भएर
गल्लीको लुते कुकुर झैँ
रक्सी, गाँजा र चरेसले
लट्ठ भएर
फोहोरको डङ्गुरमा कैयौँ रात बिताएँ-
कहिले चोरी- डकैती गर्दा गर्दै
लखतरान हुने गरी
पिटाइ खाँदै
सडकको पेटीमा
रगताम्य भई पल्टिरहेँ म !
समयको बाली
लगाउने बेलामा
गाउँका कुण्डले-मुण्डले
साथ लिएर
‘ग्याङ-फाइट’मा
व्यस्त हुन्थेँ म
सबैको बारीभरि
अन्नका बाला लह-लह हुँदा
आफ्नो चैँ रणमैदान
बनाइदिन्थेँ म !
अरू त के
आफ्नै घरमा-
आफ्नै परिवारमा पनि
झगडाको धुनी बालिदिन्थेँ म,
अरूलाई कमाई खुवाउनुभन्दा
बरु आफैँ भोकै
बसिदिन्थेँ म-
अनि को हुँदैन त गरिब ?
रगताम्य भई पल्टिरहेँ म !
समयको बाली
लगाउने बेलामा
गाउँका कुण्डले-मुण्डले
साथ लिएर
‘ग्याङ-फाइट’मा
व्यस्त हुन्थेँ म
सबैको बारीभरि
अन्नका बाला लह-लह हुँदा
आफ्नो चैँ रणमैदान
बनाइदिन्थेँ म !
अरू त के
आफ्नै घरमा-
आफ्नै परिवारमा पनि
झगडाको धुनी बालिदिन्थेँ म,
अरूलाई कमाई खुवाउनुभन्दा
बरु आफैँ भोकै
बसिदिन्थेँ म-
अनि को हुँदैन त गरिब ?
हृदयमा घाम
उदाएको चाल नपाउने म
बुद्धिको बिर्को
उघ्रेको थाहा नपाउने म
जीवनको सपना देख्दै छु भनी
विचार पनि नगर्ने म
म, म नै थिएँ ।
तातेको फलाम पिट्दा मात्र
त्यसले चाहेको आकार दिन्छ
पानीको वेगलाई समेटी
टर्वीनको पङ्खामा हाल्न सक्दा मात्र
त्यसले ऊर्जा उत्पादन गर्छ !
नत्र त प्लास्टिकजस्तै
आकाशमा उड्दा पनि
विष निकाल्छ-
धर्तीमा बस्दा पनि
विष निकाल्छ ।
त्यसैले
जन्मँदा नै गरिब हुनु
केही होइन;
तर
मर्ने बेलामा पनि
म जस्तै गरिब हुनु
संसारकै भार बन्नु बराबर हो !
Thank you so much for publishing this poem