म दु:खको पक्षमा छैन
जगेन गौतम
अस्ट्रलिया
पीडाको पक्षमा छैन
त्रासको पक्षमा छैन
म त खुशी र निडरताको
पक्षमा छु
समानताको पक्षमा छु
जन्जिरताको पक्षमा नभै
मुक्तीको पक्षमा छु
तर,
म जुनै पक्षमा भए पनि
एक दिन,
दु:ख आउँछ,
पिडा आउँछ,
त्रास आउँछ,
खुशी आउँछ,
निडरता आउँछ,
म जुनै पक्षमा भये पनि
एक दिन,
जंजिरतामा बाधीनु पर्छ
अनि एकदिन मुक्त पनि होइन्छ
तेसैले,
म जुनै पक्षमा भए पनि
मैले यी सबै खुशी र दु:खका
निम्ती बृहत तयारी गर्नु पर्छ
अनि मात्र,
मलाई म मान्छे भएको अनुभव हुन्छ।