म भित्रको यो मन

कवयित्री
कवयित्री

हेमन्ता आचार्य
सिड्नी, अष्ट्रेलिया

पोलिरहेछ यो मन
धड्किरहेछ यो धड्कन !
प्रश्नै -प्रश्न ले भरिएको छ
मभित्रको यो मन !!

अन्धकार नै अन्धकारले घेरिरहेछ
उज्यालो गन्तब्य खोजिरहेछ !
तड्पीतड्पी बाँचिरहेछ
मभित्रको यो मन !!

उकुस मुकुस भएर जन्मिएका  प्रश्नहरु
निशासिएका कथा र व्यथाहरु !
पोख्ने ठाउँ खोजिरहेछ
मभित्रको यो मन !!

पापै पापको यो भूमिमा
एक पुण्य गरुँ भन्छ !
भाँचिएका र बाङ्गिएका खुड्किलामा
एक पाइला अघि सारुँ भन्छ
मभित्रको यो मन !!

अतीतका  ती क्षणहरु सम्झनाले
काँडाझैँ घोचिरहन्छ!
आज पाएका यी अवसर हेरी
आफैँ गदगद भैरन्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *