विस्थापित अनुभूति अनावृत गर्ने उपन्यास – सपनाको समाधि

समालोचक
समालोचक

शिवलाल दाहाल
केन्टकी, अमेरिका

सपनाको समाधिमाथि केही कुरा
खुदुनावारी शिविरमा आयोजित एउटा साहित्यिक क्रार्यक्रममा भेट भयो अचानक डा.तारालाल श्रेष्ठसँग । त्यसताक उनी भूटानी शरणार्थीकै सेरोफेरोमा एउटा उपन्यासको सिर्जना गर्ने धन्दामा लागेका रहेछन् । उनी त्यस अघिदेखि नै शरणार्थी क्याम्पमा सुटुक्क छिर्दा रहेछन्, त्यहाँको वातावरण, रहनसहन, कथाव्याथा र घटनाक्रमको अध्ययन–अनुसन्धान गर्दा रहेछन् । अर्को शब्दमा भन्ने हो भने उनले शरणार्थीहरुलाई निकै अघिदेखि नै पच्याउन लागेका रहेछन् । त्यसको पाँच–छ महिना पछि निस्कियो उनको सपनाको समाधि । तत्कालै पढेँ र त्यसबारेमा केही लेख्ने पनि सोच बनाएँ । तर लेख्ने कुरा सहज छैन । निकै समयपछि त्यतापट्टि फर्किने समय जु¥यो, मानसिकता बन्यो ।

कुनै पनि आख्यानको विश्लेषण गर्न त्यसका महत्वपूर्ण अवयवहरु–सङ्गठन, शीर्षक, कथानक, परिवेश, उद्देश, भाषाशैलीय विन्यास आदिलाई आधारित मानेर गर्ने गरिन्छ । यद्यपि कृतिको मूल्याङ्कन गर्ने मानक यिनै हुन् भनेर त्यसैमा घोत्लिरहनु पर्ने बाध्यता छैन । विविधकोणबाट तिनको विश्लेषण हुनसक्छ, गर्न सकिन्छ । यिनै कतिपय आधारलाई केन्द्रमा राखी यो उपन्यासका केही महत्वपूर्णा पक्ष माथि प्रकाश पार्न गइरहेछु ।

शीर्षक र संरचना
‘सपनाको समाधि’शीर्षक आपैmँमा एउटा बम्ब हो, यसले कुनै पनि मानिसले सोचेको,चाहेको र कल्पना गरेको कुराको अप्राप्तिलाई जनाउँछ, तिनको विर्सजनलाई देखाउँछ, अझ भनौ तिनको मूल्यशुन्यतालाई सङ्केत गर्दछ । उपन्यासको आरम्भ, जो औपन्यासिक घटनाक्रमको हिसाबले समाप्ति पनि हो, त्यसैबाट सपनाहरुको विसर्जन भएको कथाको आरम्भ हुन्छ । समाधिका बौद्ध दर्शनभित्र अनेक अर्थ छन् यद्यपि यहाँ समाधिलाई धेरै ठाउँ चिहानकै रूपमा प्रयोग गरिएको छ । यहाँ थुप्रै किसिमका सपनाहरू छन्–प्रेम गर्ने, विवाह गर्ने, स्वदेश फर्किने र त्यहीँको भूमिमा मर्ने, विदेश जाने र सम्पन्न जीवन बाँच्ने, जातीय विभेद विरुद्ध लड्ने आदि आदि । तिनको समाधि भिन्न–भिन्न ठाउँमा भिन्न–भिन्न रूपले हुन्छ । उपन्यासभित्र सपना र समाधि पदावली अनेकौ पटक दोहोरिएका छन् । आख्यानकारले सपना र समाधिसँग धेरै ठाउँ खेलेका छन् र यसले उपन्यासको शीर्षकको औचित्यलाई सार्थकता प्रदान गरेको छ ।

यो उपन्यास लामाछोटा पच्चिस भाग वा खण्डमा विभाजित तथा दुईसय २८६ पृष्ठमा विस्तारित रहेको पाइन्छ । खण्डहरुको विभाजन गर्दा अङ्कको प्रयोग नगरी चिन्ह्रको मात्र प्रयोग गरिएको छ । उपन्यासमा रेखाङ्कन र सिमाङ्कन घटना तथा प्रसङ्गको परिवर्तनसँगै भएको छ । घटनाको क्रमितालाई भङ्ग गरी प्mल्यास ब्याक शैली अवलम्बन गरिँदा उपन्यासको वस्तु आरम्भमा अलिक जटिल बनेको छ ।

औपन्यासिक प्रवृत्ति:

  • खोज अनुसन्धानमूलक
  •  समाख्यानात्मक तथा  फ्ल्यासब्याक शैलीको अवलम्बन
  • आलोचनात्मक यथार्थवाद तथा मायिक यथार्थताको प्रयोग
  • सवाल्टन पात्रको जीवन र संर्घषको चित्रण तथा विस्थापित भूटानीहरुको इतिहासको खोजी
  • भूटानी शरणार्थी र समसामयिक नेपाली समाजको चित्रण तथा ती दुई समाज बिचको भिन्न आकाङ्क्षा, उद्देश्य र समस्याले उत्पन्न अन्तरसंर्घष अनि तिनीहरुबीचको समरुपताको उत्घाटन
  • भूटानीहरुको देशबाट विस्थापन, शरणार्थी अवस्थाको जीवन भोगाइ तथा उनीहरू क्याम्प बाहिर निस्किँदा भोग्नु परेको परिचयहीनता, परायपन र आत्मपराजित मानसिकताको उत्खनन्
  • जातीय विभेदकारी सामाजिक परम्परा र मान्यता भत्काउने कार्य
  • संवेग र संयोगले जीवनमा अहम भूमिका खेल्छन् भन्ने कुराको प्रस्तुति
  • आजको चरम भौतिकवादी द्वन्दग्रस्त विश्वमा भौतिक र आत्मिक शान्तिका लागि पनि बुद्ध दर्शन आवश्यक भएकोमा जोड
  • जीवन विरोधापूर्ण, अन्योलपूर्ण र विसङ्गतीपूर्ण भएपनि मानिसले एउटा–न–एउटा सपना साँचेर हिँडिरहेको हुन्छ भन्ने धारणा
  • प्रेमका अनेक आयामको व्याख्यान
  • कथानकको श्रृंखलात्मक क्रमिता तोडेर उपन्यासको वस्तु सङ्गठन गरिएको

कथानक
यो घटनाप्रधान उपन्यास हो । संमाख्यानात्मक तथा फ्ल्यासब्याक शैलीमा लेखिएको प्रस्तुत उपन्यास रहस्यात्मक बेनामी उ–पात्र, उसका विस्थापित जीवनका गतिविधि, संघर्ष र उसँग सम्पर्कमा आएका व्यक्ति र परिवेशको सेरोफेरोमा सिर्जित छ । घटनाहरु सानो ठाउँभित्र घट्दैनन् । ती छरिएका छन् । आरम्भमा उ–पात्र जम्दारपुरमा धान काट्न जाँदा देख–भेट भएकी एउटी तल्लोजातकी चमेली भन्ने केटीसँग एकलौटी पागल प्रेममा फँसिन्छ । त्यहीँबाट त्यसकेटीसँग भेट्ने र बिहे गर्ने सपना बुन्दै जातीय भेदभाव विरुद्ध लड्ने संकल्प गर्छ । जम्दारपुरकै सुकुमबासी टोलमा बस्ने त्यस केटीको ठेगाना पत्तो लगाइ उसले पहिले पुस्तकमित्र बनाउने प्रयात्न गर्छ । कालान्तरमा जम्दारपुरकै एकजना जमिन्दारको छोरो उदयविक्रमले चमेलीलाई बलात्कार गर्छ त्यसबाट मुक्त भएपछि उसले उदयविक्रमको लिङ्ग काट्ने असफ प्रयात्न गर्छे । उदयविक्रम बलात्कारी काण्डमा मुछिएपछि मुख्य परिवारले षड्यान्त्र गरी चमेलीलाई रातो किताब राखेको तथा माओवादी आतङ्कारी गतिविधिममा संलग्न भएको आरोप लगाइन्छ । माओवादीको आरोपमा चमेलीको घर सेनाले खान्तलासी गर्छ त्यसपछि चमेलीको परिवार त्यहाँबाट विस्थापित हुन्छ, बेपत्ता हुन्छ । पछि ती जम्दारपुका बलात्कारी उपेशविक्रमको हत्य हुन्छ । तर त्यो हत्यकाण्डमा छापामार बनेकी चमेलीको संलग्नता थियो कि थिएन भन्ने कुराको पुष्टि हुँदैन ।

चमेलीलाई देखेपछि उ–पात्रमा जातीय विभेद विरोधी चेतनाको बिजारोपण भयो । छुवाछुत र जातीय विभेदलाई उसले मानव सामाजको कलङ्कका रूपमा बुभ्mयो । त्यतिमात्र होइन माक्र्सवादी चिन्तन र क्रान्तिकारी चेतना उसभित्र जाग्रीत भयो । उसले पाएसम्मका अल्पकालीन काम र ट्युसन पढाएर भए पनि आप्mनो अध्ययनलाई निरन्तरता दिइरह्यो । चमेलीको अत्तोपत्तो थिएन तर बेलाबेलै उसका बारेमा ऊ टाउको दुखाइरहन्थ्यो । समय वित्तै गयो । उ–पात्र स्नाकोत्तर अध्ययनका लागि काठमाडौँ लाग्यो । त्यहाँ कुनै न कुनै काम गरेर अध्ययनका लागि पैसा जुटाउनु पथ्र्यो । संयोगले उसले तयार पारेको खाद्य सुरक्षासँग सम्बन्धित अवधारणापत्र एउटा गैससले पारित गरेपछि ऊ त्यसको संयोज बनेर पश्चिम नेपालको चेपाङ्गबस्तीमा काम गर्न पुग्छ । पहिलोपटक दुईजना विदेशीहरुसहित दुर्गम चेपाङ्गबस्तीमा खाद्य सुरक्षासम्बन्धी कार्यक्रम लिएर जाँदा माओवादीको छापामारको प्रतिरोधको सामना गर्नु प¥यो । त्यो समयमा माओवादी छापामार र शाही सेना बिचको भिडन्त उत्कर्षतिर पुग्दै थियो । माओवादीहरुले साम्राज्यवादी दलाल भन्दै गैससवालालाई गाउँमा रोक लगाएका थिए । त्यो बेलासम्म उ–पात्रले आप्mनो भूटानी शरणार्थी परिचय लुगाउने गरेको थियो तर त्यहाँ सत्य कुरा भन्नै पर्ने भयो । उसले त्यहाँ आप्mनो परिचय खुलायो । उनीहरूको उद्देश्य विपन्न वर्गको सेवा हो भनेपछि माओवादीले त्यहाँ कार्यक्रम सञ्चालन गर्न दिने भयो । उलसे माओवादी छापामारहरुको हप्कीदप्की, छोचपेच र त्रासधम्की बिच घरी सहर, घरी गाउँ त घरी राजधानी गर्दै तीनवर्ष बितायो । त्यसै समयमा राजदरवार हत्यकाण्ड घट्यो । अनि देशभित्र द्वन्दले विकराल रूप लिइरहेको थियो ।

राजधानीमा स्नाकोत्तर अध्ययन सम्पन्न गरेपछि ऊ एम.फिल अध्ययनका लागि भारतको दिल्लीतर्पm लाग्यो । त्यहाँ उसको एक जना विदेशी केटी मेगमसँग भेट हुन्छ । मेगमसँग बिस्तारै सम्बन्ध गाँसिदै जान्छ र मेगमबाट उसले शोधप्रस्तावको सामग्री–सङ्कलन, सन्दर्भ–सामग्रीको व्यवस्थापन, समस्यामाथिको छलपल, विचार निर्माण एवं सम्पादनमा भरपुर सहयोग प्राप्त गर्दछ । मेगम र ऊ बिच सम्बन्ध विस्तार हुँदै जान्छ । एक साँझ भ्यालेन्टाइन डेको उत्सव मनाउन उनीहरू दिल्लीको एउटा भव्य होटलमा जान्छन् त्यहाँ उनीहरूले रात विताउँछन् । त्यो रात मेगमले उसको भत्केको पारिवारिक कथा सुनाउँछिन तर उसले आफूलाई रहस्यामै राख्तछ । मेगमसँगका प्रेमिल दिनहरू वित्तै गए । उनीहरू बिच अध्ययनमा सहकार्य हुन्छ, विचार विर्मश हुन्छ । उनीहरू अध्ययन–अनुधन्धानमा तल्लीन भएर लाग्छन् । एक दिन मेगमले ऊसँग भेट भएको दिनको सम्झनामा वार्षिकोत्सवभैmँ सेलिब्रेट गर्न रोयल होटलमा एउटा कोठा बुक गरेकी थिइन् । त्यो रात आप्mनो कथा भन्ने पालो उ–पात्रको थियो । ऊ त्यहाँ पनि आप्mनो कथा पढ्न सकिन्छ तर भन्न सकिन्न भनेर पञ्छियो । उनीहरूले त्यो रात भरपुर प्रणय साटेर बिताए । बिहान उठ्ता उसले मोबाइलमा अनेकौँ मिस्कल र म्यासेजहरु देख्छ । त्यहाँ क्याम्पमा आगलागी भएको समाचार थियो । त्यो देख्ने बित्तिकै मेगमलाई इमरजेन्सी छ म आउँदिन होला भनेर ऊ फुत्तै बाहिर निस्कियो । मेगम ओछ्यानमा नै थिइन्, केही सोध्न भ्याइनन् । ऊ रहस्यमय तरिकाले त्यहाँबाट गायव भयो । तर उसले आपूmले लेखेको डायरी मेगम कहाँ पठाइदियो । त्यही डायरीमार्पmत उसको विगतको कथा अनावृत हुँदै जान्छ ।

उ–पात्र घर आइपुग्दा शिविर त अङ्गार र खरानीमा परिणत भइसकेको थियो । आफन्त र परिवाजनको विचल्ली भएको थियो । केही दिनमा आगलागीको घटना साम्य हुँदै गयो, छाप्राहरुको पुनर्निमाण भयो । उसले क्याम्प नजिकै ट्युसन गरेर केही दिन बितायो । त्यसपछि काठमाडौ हानियो । त्यहाँ प्रताप सरको सल्लाहमा उसले टुरिस्ट गाइड टे«निङ लिन थाल्यो । केही समयपछिदेखि उसले केही ट्राबल एजेन्सीमार्पmत विदेशी पाहुनालाई घुमाउने काम गर्न थाल्यो । अब उसलाई पुनः अध्ययन फर्किने भोक जाग्न थालेको थियो । मेगमको पनि यादले सताइरहेको थियो । त्यसै बिच उसलाई फ्रान्सेली वृद्ध महिला हेलेनको गाइड बन्ने संयोग मिल्दछ । हेलन एक लेखिका थिइन् । हेलनको बौद्धि व्यक्तित्वको प्रभावमा परेपछि उसले आप्mनो वास्तविक कथाको सारसंक्षेप सुनाउँछ । हेलेनले उसलाई लाइसेन्स नभए पनि आफ्नो गाइडका रूपमा लुम्बिनी लग्ने प्रस्ताव गरिन् । त्यो बेला पनि मेगमको सम्झनाले सताइरहेको थियो । ऊ त्यो बेला चेमेली र मेगम कस्लाई रोज्ने हो मासिक द्वन्दमा थियो । फेरि ऊ साइबरमार्पmत मेगमसँगको सम्पर्कमा आउँछ र उसका सबै कुरा बताउँछ । त्यसपछि ऊ, हेलन र अन्य विदेशी पाहुनाहरुसँग चितवानको सौराहा हुँदै लुम्बिनीको यात्रामा निस्किन्छ । हेलेनसँगको यात्राले उसलाई प्रेम, जीवन, बौद्धदर्शन, भ्रमण सम्बन्धी नवीन अनुभूति दिलायो । जातीय भेदभाव र छुवाछुतको कुराले हेलेनलाई निकै प्रभाव पा¥यो । हेलनले उसलाई चमेलीसँग बिहे गर्न अझ प्रेरित गरिन् । अकालमा श्रीमान र छोरो गुमाएर एक्लिएकी हेलेन उ–पात्रको व्यवहार र बौद्धि प्रतिभादेखि धेरै प्रभावित भइन् । त्यसैले उनले उसलाई इन्टेलेक्चुअल छोरो बन्न प्रस्ताव गरिन् र उनीहरू बिच इन्टेलेक्चुअल आमा–छोराको सम्बन्ध स्थापित भयो । लुम्बिनी पुगेकै साँझ उसकी आमा अन्तिम अवस्थामा पुगेको मेसेज प्राप्त गरेपछि ऊ घर फर्किन्छ । घरमा आउँदा आमाको मृत्यु भइसकेको हुन्छ । काज–किरिया थालिसकिइएको हुन्छ । ऊ किरियामा सामेल हुन्छ । आमाको किरिया सकेको अर्को दिन बाबुको पनि मृत्यु हुन्छ । संयोग कस्तो प¥यो भने जुन दिन हेलेनलाई उसले इन्टेलेक्चुअल आमाका रूपमा पायो त्यही दिन जन्मदिने आमाको निधन भयो । उसले किरियामा बस्ता कतिपय नियमहरुलाई उलङ्घन गर्छ । किरियामा बस्ता उसले शरणार्थीको अवस्था, भुटानबाट खेदिँदाको कथा आदिलाई समेटेर लेखन कार्य समेत अगाडि बढाउँछ ।

मामा–बाबुको काजकिरिया सकेर ऊ पुनः काडमाडौ जान्छ । त्यहाँ उसले हेलेनले पठाएको ल्याप्टप प्राप्त गर्दछ । लुम्बिनी भ्रमण वर्षको शुभारम्भको अघिल्लो दिन ऊ त्यहाँ पुग्छ । मेगमले पनि उसलाई कुनै जानकारी नै नदिइ लुम्बिनी भ्रमण गर्ने योजना बनाएकी थिइन् । त्यहीँ एउटी छोरीकी आमा बनिसकेकी चमेलीसँग भेट हुन्छ । उसको छापामार जीवनमा नाम परिवर्तन भएर प्रतीक्षा भइसकेको हुन्छ । मेगमसँग पनि अचानक त्यहीँ भेट हुन्छ । उसले प्रतीक्षासँग मेगमलाई भेट गराइदिन्छ । प्रतीक्षा र मेगमले सुटुक्क शरणार्थी क्याम्प घुम्ने योजना बनाउँछन् । प्रतीक्षा पनि मेगम जस्तै धेरै अधिदेखिनै शरणार्थी समस्याका बारेमा चासो राख्ति रहिछिन् । उनीहरू दुवैले भूटानी शरणार्थी सम्बन्धी अनुसन्धानात्मक कृति निकाल्ने योजना बनाए । शरणार्थी क्याम्पको भ्रमण गरे र त्यहाँको तत्कालीन अवस्थाको जानकारी लिए, शरणार्थीका कथा–व्याथा सुने । पछि मेगम अध्ययन–अनुसन्धानका लागि भूटान गइन् । ऊ भने काठमाडौमै गाइडको काम गरेर बसिरहेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रतीक्षाले स्वैच्छिक अवकाश रोजेर काठमाडौ गइन् । ऊ, प्रतीक्षा र समीक्षा (छोरी) त्यहाँ नजिकिए ।

तेस्रो देश पुनर्वासको कार्यक्रममा सामेल भएर ऊ त्यसतर्पm लाग्ने तयारी गरिरहेको थियो । त्यसैबीच उसले एम्.फिलको शोध पूरा ग¥यो । उसले चमेलीलाई बिहे गर्न चाहे पनि तेस्रोदेश जाने प्रक्रियामा अवरोध आउने कुराले ऊ हिच्किचाइरहेको थियो । प्रतीक्षाले एक दिन विवाहको प्रस्ताव अघि सारिन् । उसको र प्रतीक्षाको दक्षिणकालीमा विवाह भयो । एकजना पुरोहित र छोरी समीक्षा मात्र त्यो विवाहमा सामेल थिए । उनीहरूको विवाहलाई गोप्या राखी ऊ अमेरिका उड्ने तयारीमा थियो । त्यसै समयमा अस्ट्रेलिया पुगेकी उसकी कान्छी बहिनीले प्रेममा धोका भएर आत्महत्य गरेको भिडियो सार्वजनिक भयो । यद्यपि ऊ अतीतलाई मनभित्र खेलाउँदै आप्mनो सपनाको समाधि खोज्दै अमेरिका लाग्यो–मध्येरातमा हवाइजहाजमा चडेर । यहाँ आइपुगेर कथाको अन्त्य हुन्छ ।

परिवेश
परिवेशले उपन्यासमा घटितघटनाहरुको स्थान, काल र वातावरणलाई जनाउँछ । भूटानीहरु शरणार्थीका रूपमा पूर्वी नेपालका विभिन्न शिविरमा बसोबासं गर्न थालेको केही समयपछिदेखि यता घटनाहरू यसमा आएका छन् । पचासको दशकको मध्यसमयदेखि आरम्भ भएको उपन्यासका घटनाक्रम साठीको उत्तरार्धतिर गएर टुङ्गिन्छ । यस उपन्यासले त्यसै समयको नेपालको सामाजिक, राजनीतिक अवस्था, प्रमुख घटनाक्रम र शरणार्थी क्याम्पको वस्तुस्थिति, विकृति–विसंगति, अभाव, कठिनाइ, दरिद्रता, उकुसमुकुस र शरणार्थीको तेस्रोदेश पुनर्वास कार्यक्रमले उत्पन्न गरेका समस्या र जटिलता उत्घाटन गरेको छ । मुलतः यो उपन्यास भूटानी शरणार्थी उ–पात्रले शरणार्थी क्याम्प बाहिर अध्ययन र आर्थिक उपार्जनका लागि गरेका संर्घष र उससँग सम्पर्कमा आएका पात्रहरुसँग सम्बन्धित भएको हुनाले घटनाहरू एकै ठाउँ घटेका छैनन् । ती लामो–लामो भौगोलिक दुरीमा छरिएका छन् । मुख्य गरेर उपन्यासमा वर्णित घटनाहरू झापाको कुनै काल्पनिक ठाउँ जम्दारपुर, विभिन्न शरणार्थी शिविर, काठमाडौ, लुम्बिनी, भारतको दिल्ली र साइबरको कृतिम दुनियामा घटित् छन् । यो भयो बाहिरी परिवेश । उ–पात्रको मनो–संसार अर्को महत्त्वपूर्ण परिवेश हो, आन्तरिक परिवेश हो ।

कथ्य
यस उपन्यासको कथ्यलाई निम्नि लिखित बुँदा अन्तर्गत विश्लेषण गर्न सकिन्छ

१. शरणार्थी समस्या र परिचयहीनताको पीडा: 
पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी, तिनका विस्थापनदेखि क्याम्पमा रहँदाका, क्याम्प बाहिर निस्कँदाका र पछिल्लो समयमा पश्चिमा मुलुकहरूमा पुनस्र्थापना भइरहँदाका समस्या, शरणार्थीका कठिनाइँहरु, चिन्ताहरु, संवेदनाहरु र अन्तर्विरोधहरु तथा शरणार्थी समस्याको राजनीतिक एवं मानवीय पक्षका विविध आयामलाई यस उपन्यासमा मूल कथ्यका रूपमा ग्रहण गरिएको छ । विस्थापित भूटानीलाई एउटै पुर्खाका सन्तान भएपनि शरणागत मुलुक नेपालमा कसरी ग्रहण गरिन्छ, कुन रूपले हेरिन्छ भन्ने कुरा पनि यहाँ इङ्गित गरिएको छ । यस उपन्यासको मुख्या चरित्र नै बेनामी छ, ऊ शरणार्थी क्याम्प बाहिर जाँदा आप्mनै परिचय ढाँट्न बाध्य छ । अनुहार, भाषा, संस्कृति र पूर्खेउली नाताले नेपाली जस्तो देखिए पनि ऊ फरक राष्ट्रियता र चिनारी बोकेको मान्छे हो । त्यो कुरा उसले भन्न सक्तैन । त्यो परिचय खुलाउँदा लाञ्छित हुनु पर्ने, अपमानित हुनु पर्ने र गैरकानुनी ठहरिने डर मनमा बोकेर ऊ नेपालका विभिन्न ठाउँ र भारतको दिल्लीसम्म भौतारिरहन्छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग(युएनएचसिआर)ले शरणार्थीका लागि गाँस, बास, आधारभूत शिक्षा, स्वास्थ्य सेवा आदि प्रदान गरिआएको छ । यो जीवन (प्राण) रक्षाका लागि मात्र प्रदान गरिएको मानवीय सहायता हो । यो पर्याप्त छैन । अतिरिक्त खाद्यन्न जुटाउन, लत्तापकडा किन्न, सागसब्जी खरिद गर्न, चाडपर्व टार्न, उच्च शिक्षाका लागि खर्च जुटाउन र अन्य आवश्यकता पूरा गर्न शरणार्थीहरु क्याम्प बाहिर काम गर्न जान बाध्य छन् । त्यहाँ काम गर्दा स्थानीय मजदुरको विरोधको सामना गर्नु पर्ने, शरणार्थी भनेर कम ज्यालामा काम लगाइने र कतिपय ठाउँमा शरणार्थीलाई अति हेय र घृणित दृष्टिले हेरिने गरेकाले पनि धेरै भूटानीहरु परिचय लुकाएर काम गर्न बाध्य थिए (छन्) । यो परिचयहीनता र अस्तित्वहीनताको पीडा हो । यो परिस्थितिजन्य हीनताबोध पनि हो । उ–पात्रमार्फत यो परिचयहीनताको पीडा उपन्यासको आरम्भदेखि अन्त्यसम्म नै फैलिएको छ ।

शरणार्थी क्याम्पको कामबिहीन र बाक्लो बसाइले गर्दा यहाँ धेरै किसिमका विकृतिहरुले जरा गाडेको छन् । यौवन दुराचार, जाँड–रक्सी, जुवातास, लागु औषदको प्रयोग र आपराधिक गतिविधिले क्याम्पको वातावरण नराम्रोसँग बिग्रिएको छ । अर्कातिर पुस्तौँ–पुस्तादेखि बसिआएको घर–गाउँ–देशबाट त्यहाँको निरङ्कुश तानसाही सरकारको घोर अन्याय, अत्याचार, शोषण, दमनमा परी विस्थापित हुनुपर्दाको पीडा, मानसिक क्षोभ र यातनाका घाउहरु छन् अनि एकदिन फेरि त्यही थातथलोमा फर्किजान पाइएला भन्ने आशा र सपना छ । शरणार्थीको स्वदेश फिर्ति सन्दर्भमा शरणार्थी र तिनका नेता, अन्तराष्ट्रिय समुदाय र नेपाल सरकारबाट विगत डेड्दशकसम्म विभिन्न कोणबाट पहल भयो परन्तु ती सबै कदमहरू असफल हुन पुगे । आखिरमा पश्चिमा मुलुकहरूले शरणार्थीलाई त्यहाँ लगेर पुनस्र्थापना गर्ने प्रताव अगाडि सारे । शरणार्थी क्याम्पको लामो, पट्यारलाग्दो, निकासहीन र अभावग्रस्त जीवनबाट मुक्त हुने उपाएका रूपमा देखाप¥यो तेस्रो देश पुनस्र्थापना कार्यक्रम । यसबाट अकर्मणीय नेतृत्ववर्गका लागि पलायनको सहज उपाए निस्कियो भने युवा र शिक्षित वर्गका लागि अनेक अवसर र सम्भावनाको प्रस्थानविन्दु । अन्ततः सम्भ्रान्तीय सपनाको मोहले देश फर्किने यात्रा टुङ्गिन पुग्यो । शरणार्थी समस्या समाधानका तीनवटा विकल्प– स्वदेशफिर्ती, शरणागत मुलुकमा सम्मिलन र तेस्रोदेश पनस्र्थापना सुझाइए पनि मात्र तेसो देश पुनर्वास कार्यलाई अघाडि बडाइएपछि यो एउटा वाध्यात्मक स्थिति शरणार्थी माझ आइलाग्यो । धेरै शरणार्थी परिवारभित्र जान चाहने र नचाहने सदस्या बिच यसले एक किसिमको द्वन्द, तनाव र अन्तर्संघर्ष सिर्जना गरेको छ । विशेष गरेर अघिल्लो पुस्ता र नयाँ पुस्ता बिच भिन्न चाहना, भिन्न आकाङ्क्षा र भिन्न सपना भएकै कारणले परिवारमा मतभेद सिर्जना भई आत्महत्यसम्मका घटना घट्ने गरेका छन् । जाने परिवारका सदस्या पनि विभिन्न देशमा छरिन पुगेका छन् । बिरानो मुलुकमा पुगेका मानिसहरूमा सांस्कृति आघात (कल्चरल सक) पर्ने गरेको छ । एक हिसाबले यो बँसाइ सराइ भूटानको प्रजातान्त्रिक लडाइ र आप्mनै थापथलोमा फर्किने चाहनासँगको सम्झौता मात्रै होइन नेपालीपन, नेपाली संस्कृति, परापूर्वकालदेखिको धार्मिक विश्वास, मान्यता, रीतिथिति तथा पूर्वीय सभ्यता र त्यसका मूल्यमान्यतासँगको पनि सम्झौता हो । त्यसकारण यो पुनर्वास हेर्दा सजिलो देखिएपनि त्यो त्यति सहज छैन । नयाँ पुस्तालाई ग्रहणीय देखिए पनि पुरानो पुस्तालाई अग्रहणीय साबित भएको छ । उपन्यासकारले यी समस्याहरूको गहिरो अध्ययन गरेका छन् । उपन्यासको मुख्या चरित्र उ–पात्र सहायक पात्रहरु समीक्षा (चमेली) र मेगम शरणार्थी सम्बन्धमा गहिरो चासो र सरोकार राख्छन् । समीक्षा र मेगम शरणार्थी क्याम्पको भ्रमण गरी स्थलगत अध्ययन गर्छन् । शरणार्थीका दुःख, कष्ट, कथा–व्याथा सुन्छन् । शरणार्थी गतिविधि, तिनको सङ्घर्ष र विस्थापनको विषयलाई लिएर उनीहरू दुवै अनुसन्धनात्मक कृति प्रकाशन गर्न प्रतिबद्ध छन् । मेगम त यसै सिलसिलामा भूटान समेत पुगेकी छिन् । शरणार्थी क्याम्पका दुःख, दर्द, संवेदनशीलता, असंगति, पीडा, छटपटी तथा मानवीय संवेदनाका मार्मिक पक्षलाई केलाउन, विश्लेषण गर्न र शरणार्थी समस्याका सम्बन्धमा वैचारिक विमर्श गर्न उपन्यासकारले निकै कसरत गरेका छन् । त्यसकारण यो उपन्यास एक समयको भूटानी शरणार्थीको धरातलीय यर्थाथलाई केलाउन, विश्लेषण गर्न र बौद्धक बहस गर्न सफलसिद्ध भएको छ ।

यो विस्थापित मान्छेको कथा हो । यो शक्तिका भरमा देश निकाला गरिएका लाखभन्दा बढी मान्छेको कथा हो । देशको भूगोल र इतिहासका पन्ना बाहिर पारिएका मान्छेको कथा हो । त्यस अर्थमा यो सबाल्टन वर्गको कथा हो । यस उपन्यासमा भूटानी शरणार्थीको विगत दुई दशकको इतिहासको अभिलेखिकरण भएको छ । हराएका मान्छेको सनाखत गर्न खोजिएको छ । यद्यपि उपन्यासमा उभ्याइएका केही पात्र विशेषलाई द्रष्टाभन्दा भोकता बनाउन सकेको भए अझ राम्रो हुने थियो कि भन्ने लाग्छ । एकाध ठाउँमा परिस्थितिले अर्धनग्न भइसकेका शरणार्थीलाई पुरै नग्न पार्ने काम पनि भएको छ । उपन्यासको अन्त्यमा अधिकांश शरणार्थी पुनर्वास हुनुलाई राजा जिग्मेको सफलता मान्नुमा लेखकको बहकाउपना झल्किन्छ ।

२. भर्चुल संसार उन्मुख समाजको झलक:
वर्तमान समयमा वास्तविक भौतिक जगतइतरको छाँयात्मक संसारको तीव्र रूपमा विकास भइरहेको छ । विकासित मुलुकहरूमा अधिकांश मानिसहरू यो छायात्मक संसारको अभिन्न अङ्ग बनिसके भने विकाशील र अल्पविकसित मुलुकका मानिसहरू पनि बढ्दो क्रममा यो संसारतिर पाइला राख्दै छन् । सामाजिक सञ्जालहरु यतिखेर दुःख–सुख साट्ने, भावना सम्प्रेषण गर्ने, तस्वीरहरु साटासाट गर्ने, सूचना आदान–प्रदान गर्ने, मनोरञ्जन लिने आदि माध्यम बनेका छन् । विशेष गरेर शिक्षित र युवावर्ग प्रविधिको यस नयाँ दुनियाँमा अग्रसर भइरहेको छ । अब भौगोलिक सामिप्यताको खाँचो रहेन । संसारको एउटा कुनामा बसेर एउटा व्यक्तिले संसारको अर्को कुनामा रहेको व्यक्तिसँग कुराकानी गर्छ नजिकै बसेर एकआपसमा कुरा गरेभँैm । यस उपन्यासका महत्त्वपूर्ण चरित्रहरु–मेगम, उ–पात्र, प्रतीक्षा, हेलेनका संवादहरु साइबर मार्पmत नै भएका छन् । पश्चिमा मुलुकमा पुगेका भूटानी शरणार्थीहरु यसको भरपुर प्रयोग गरिरहेका छन् । यसबाट बिस्तारै हामी भर्चुल संसारतिर प्रवेश गर्दै छौँ भन्ने कुरा उजागर हुन्छ ।

३. बौद्ध दर्शन र शान्तिको बाटो:
उपन्यासकारले बौद्ध धर्म–दर्शन र त्यसले देखाएको अहिंसा, शान्ति र प्रेमको बाटोलाई जोड दिएका छन् । भौतिक सुविधा, सम्पन्नता र प्राप्तिले चुलिएका पश्चिमा मुलुकका मानिसहरू पनि बौद्ध धर्म–दर्शनले देखाएको शान्तिको मार्ग अनुसरण गर्न चाहन्छन् जस्तो कि हेलेन र मेगम । एकथरि मान्छेहरू पाश्चात्य मुलुकको सुख, सुविधा र भौतिक उन्नति देखेर त्यतिर जान लालयित छन् भने उतातिरका मानिस चाहिँ आतङ्कित जीवनदेखि आजित भएर आत्मिक शान्ति खोज्दै लुम्बिनी धाउन थालेका छन् । माओवादी सशस्त्र युद्ध लडेकी प्रतीक्षा, प्रेमीहरुबाट त्यक्त पाश्चात्य पागल उपभोक्तावादबाट विरक्तिएकी मेगम र दुःखान्त पारिवरिक घटनाले पिरोलिएकी हेलेन सबै लुम्बिनप्रति आकर्षित हुनु आत्मा शान्तिका लागि हो, मानसिक शुद्धिका लागि हो । जीवन जिउने फरक तरिकाका लागि हो । मेगम बौद्धदर्शनलाई केन्द्रमा राखेर द्वन्दव्यवस्थापन अध्ययनमा विद्यावारिधि अनुसन्धान गर्न चाहन्छिन् भने प्रतीक्षा बौद्धदर्शनको पगतिवादी पक्षलाई अंगालेर शान्तिदर्शनमा क्रान्ति सौन्दर्य विषयमा अध्ययन गर्न लागेकी छिन् । जो कोहीले पनि रिस, राग, द्वेष, घृणा, अहम् त्यागेर भित्रसम्म शून्यता र शान्तिको अनुभूति गर्न सक्छ, समाधि प्राप्त गर्न सक्छ । बौद्ध दर्शनले मनको शुद्धिकरणमा जोड दिन्छ । युद्ध, हिंसा, भय र आतङ्कले ग्रस्त आजको विश्वमा शान्तिको महत्त्व झन बढेको छ । उपन्यासकारले बौद्ध दर्शनले सिकाएको प्रेम, शान्ति, अहिंसा र वन्धुत्वमा फोकस गरेका छन् । अबको क्रान्ति शान्तिको क्रान्ति हुनुपर्छ । लेखकले बुद्धलाई रोलमोडल बनाउन र शान्तिलाई आर्दश स्थापना गर्न खोजेका छन् । दशवर्षे रक्तपातपूर्ण युद्धबाट भरखर मुक्त भएको नेपालमा शान्तिको वाकलत गर्नु राष्ट्रिय आवश्यकता पनि हो ।

४. विविध विरोधाभाष:
मानिसको एक किसिमको चाहना हुन्छ तर विद्यमान परिस्थिति भिन्न किसिमको हुँदा ऊ विरोधाभाषमा बाँच्न बाध्य हुन्छ । यहाँका पात्रहरुको एक किसिमको चाहना छ, आकाङ्क्षा छ तर परिस्थिति भिन्न छ । बाहिरी रूप एक प्रकारको छ, भित्र यथार्थ भिन्नै । यही विरोधाभाष बिच मानिस हिँडिरहेको छ, बाँचिरहेको छ । धरै कुरा यसरी नै चलिरहेका छन्–हामी माझ । यसकुरालाई पनि उपन्यासमा देखाउन खोजिएको छ । अघिल्लो पुस्ताका भूटानीहरु अमेरिका जान चाहन्नन् नयाँ पुस्ता त्यहाँ नगइ सक्तैन । यस उपन्यासको मुख्य चरित्र उ–पात्र क्यम्पबाहिर निस्किन चाहन्छ । कानुन एकातिर छ तर उसको शिक्षा र ज्ञानको खोजीका लागि बाहिर निस्किनु पर्ने बाध्यता अर्कोतिर छ । उसले मनपराएकी केटी एकापट्टि छे, सामाजिक व्यवस्था अर्कै पट्टि छ । उ–पात्र एउटी प्रेमिकालाई अँगालो हालेर निदाउँछ, स्वप्ना अर्कै प्रेमिकाको देख्छ । कर्मकाण्ड र अन्धपरम्परा विरोधी उ–पात्र पुरोहितलाई लिएर प्रतीक्षासँग बिहे गर्न दक्षिणकाली धाउँछ । पश्चिमी जगतको भौतिक उन्नति प्रगतिमा रमाउन र सम्पत्ति कमाउन पूर्वकाहरु पश्चिम जान चाहन्छन् तर पाश्चात्यहरु त्यहाँको व्यक्तिकेन्द्री र उपभोक्तावदी जीवन शैलीदेखि विरक्तिएर पूर्वीय दर्शनको शरणमा आउँछन् जस्तो यस उपन्यासकी मेगम र हेलेन । बुद्ध नेपालमा जन्मेका हुन् तर बौद्ध धर्मको प्रभाव नेपालमा कमै मात्र छ । बौद्ध धर्मले सिकाएको शान्ति, अहिंसा र भाइचारालाई अनुसरण गर्ने भूटानी शासक त्यहीका एकथरि मान्छेलाई खेद्न उद्धत छ । यस्ता अनेक विरोधभाषहरुले यस उपन्यासमा ठाउँ पाएका छन् ।

५. जातीय विभेदको कुरा:
जातीय विभेद र छुत–अछुत प्रथालाई पनि यस उपन्यासमा उठाइएको छ । यो नयाँ विषयवस्तु होइन तर नेपालमा जुन समयमा जातीय उत्पीडन र वर्गीय मुक्तिका लागि संर्घष चलिरहेको थियो त्यसै समयमा यो कुरा आउनु एक हिसाबले सादर्भिक नै देखिन्छ । उपन्यासकारले चमेली जस्ती सामाजिक विभेदमा परेकी सबाल्टन पात्रलाई समातेका भएपनि उसले आपैmँ अछुतको समस्यालाई लिएर तिनको न्याय, अधिकार लागि सङ्घर्ष गरेको देखिन्न भलै ऊ माओवादी छापामार हो । चमेली (प्रतीक्षा)लाई जम्दारपुरमा देखे–भेटेपछि उ–पात्रभित्र जातीय विभेद विरोधी चेतना प्रवाहित भएको देखिन्छ । अन्ततः त्यो चेतनाको विकास हुँदै चमेलीसँगको प्रेम विवाहमा गएर टुङ्गिन्छ । ऊ जातीय विभेद विरोधीका रूपमा प्रस्तुत भएपनि आखिरी चमेलीसँग सार्वजनिक रूपमा बिहे गर्न नसक्नु र दक्षिणकालीको एकान्त कुनामा बिहे गर्नुले सामाजिक मूल्य विरुद्ध संर्घष गरेको त देखिँर्दैन ।

६. जीवन ः संयोग र संवेगको तारतम्य:
‘संयोग र संवेग जीवनको महत्त्वपूर्ण सत्य हो’ उपन्यासकारले उल्लेख गरेका छन् । रिस, क्रोध, घृणा, प्रेम जस्ता इन्द्रीय संवेद्य गुण नै जीवनका संवेग हुन् । प्रेम एक विशिष्ट संवेग हो । त्यही प्रेम संवेगलाई लिएर लेखकले प्रेमको माहात्म्य धेरै ठाउँ सुनाएका छन् –

  •  अपरिभाषित र अमूर्त प्रेम निरर्थक वा सार्थक जे पनि हुन सक्छ । यद्यपि भावनाको अथाह सागर हो, प्रेम ।
  • प्रेम आपैmँमा असल र खराब हुँदैन…..प्रेम रहस्यको खानी र प्रयोगको महासागर हो ।
  • प्रेम स्वार्थप्रेरित हुन सक्छ तर साँचो प्रेम निःशर्त हुन्छ, हुनु पर्छ । ….प्रेमीप्रेमिकाले अनकन्डिसनल प्रेमबिना कुनै कुराको अपेक्षा नै राख्नु हुन्न
  • संसार बदल्न सक्ने शक्ति प्रेम नै हो ।
  • प्रेमको कुनै सीमा छैन । सोचेको भन्दा नसोचेको कुरा भइदिन सक्छ, प्रेममा ।
  • प्रेममा पर्नु वा प्र्रेम गर्नु भनेको अग्लो भिरबाट फाल हाल्नुजस्तै हो≤ दिमागले भन्छ फाल नहाल≤ मनले भन्छ फाल हाल ।
  • जुन प्रेमलाई प्रेमीप्रेमिकाले परिणामसम्म पु¥याउन सक्तैनन् त्यसलाई एउटा मीठो मोडमा मौन बिदाइ गर्नु नै बेस ।

यस्ता प्रेमका सम्बन्धी अनेक धारणा पाइन्छ –यस उपन्यासमा । मानिका भनाइका आधारमा उ–पात्रको प्रेम जाँच्न सकिन्छ । आरम्भको चमेली र उ–पात्र बिचको सम्बन्धलाई प्रेम भन्न मिल्दैन त्यो अल्लारे उमेरको भावुक्ताजन्य आकर्षण मात्र थियो । त्यो आकर्षण जातीय विभेद विरोधी भावनाका बुइ चढेर प्रेममा परिणत भयो, विवाहमा परिणत भयो । अमेरिका जाने बाटो अवरुद्ध हुन्छ भन्ने डरले गोप्न राख्न खोजिएको विवाह शर्तरहित बन्न सकेन । उ–पात्रले चमेलीसँगको प्रेमलाई आर्दिशीकरण गर्दै मेगमसँगको प्रेमलाई केवल यौन तृप्तिको माध्य मात्र बनाएको देखिन्छ । उ–पात्रले मेगमसँगको प्रेमलाई मीठो मोडमा पु¥याएर मौन बिदाइ गरेको देखिन्छ । यस हिसाबले उ–पात्रको प्रेम स्वार्थप्ररित छ । मेगमका लागि भने प्रेम धोकापूर्ण र रहस्यपूर्ण साबित भएको छ ।

उस उपन्यासमा मृत्यु, भेट, प्रेम र परिस्थितिलाई संयोगका रूपमा लिइएको छ । उ–पात्र, मेगम, हेलेन, प्रतीक्षा सबै परिवारका सदस्याहरुको श्रृंखलात्मक मृत्यु सहन बाध्य छन् । यसले जीवन विसङ्गतिपूर्ण रहेको कुरालाई पनि सङ्केत गर्दछ । यो एउटा संयोग हो । उ–पात्रको एउटी अछुत केटी चमेली, अमेरिकाबाट भारत पढ्न आएकी मेगम र लुम्बिनी भ्रमणमा आएकी लेखिएका हेलेनसँगको भेट पनि संयोगकै खेल हुन् । मेगमसँग यौवन तृष्णाको तृप्ति गरेर सुतिरहेको रात क्याम्पमा आगलागी हुनु, हेलेनलाई इन्टेक्चुयल आमा बनाएकै दिन उ–पात्रकी जन्मदिने आमाको निधन हुनु, आमाको किरिया सकेकै भोलिपल्ट बाबुको निधन हुनु, उ–पात्र अमेरिक उड्ने पर्वसन्ध्यमा प्रेमीले धोका दिएको आवेगमा अस्ट्रेलीय पुगेकी बहिनीले आत्महत्य गरेको सुसाइड भिडियो सार्वजनिक हुनु सबै संयोग हुन् । यसरी संयोग र संवेगलाई जीवनको महत्त्वपूर्ण सत्य हो भन्ने कुरालाई लेखकले सिद्ध गर्न खोजेका छन् ।

पात्र विधान
नायक केन्द्री उपन्यास लेख्ने परम्पराको विलयन भइरहेको वर्तमान सन्दर्भमा यो उपन्यास चाहिँ नायक प्रधान भएर उपस्थित भएको छ । यसभित्रका पात्रहरु भिन्न भूगोल, परिवेश, सांस्कृतिक पृष्ठभूमि र वर्गका छन् । यसभित्र बेनामी उ–पात्र, मेगम, चमेली (प्रतीक्षा),हेलेन, एपले दाइ, मोदनारन सर, गुएमी, प्रकासे झाँक्री, कविता, समीक्षा, उदयविक्रम, फुर्बा, राजु आदि पात्रहरु रहेका छन् । उ–पात्र यस उपन्यासको प्रमुख चरित्र हो, भने मेगम, हेलेन र चमेली सहायक चरित्र हुन् । अन्य पात्रहरु चाँहि गौण तथा सुचिकाका रूपमा मात्र उपन्यासमा उभ्याइएका छन् । यस उपन्यासको उदयविक्रम प्रतिकूल चरित्र हो भने उसदेखि बाहेक अन्य पात्रहरु सबै अनुकूल चरित्र देखिन्छन् । उ–पात्र, गुएमी, प्रकाशे झाँक्री, एपले दाइ, मोदनारन सर, उदविक्रम आदि पुरुष पात्र हुन् भने मेगम, चमेली, हेलेन, कविता आदि नारी पात्र हुन् । यस उपन्यामा देखापरेका प्राय पात्रहरु वर्गीय प्रतिनिधित्व गर्ने खालका छन् । मेगममा भने व्यक्तिचरित्र देखा पर्छ । अन्य पात्रलाई छोडेर यहाँ केवल चारजना उल्लेखनीय पात्रहरुको मात्र चरित्र चित्रण गरिन्छ ।

उ–पात्र
उ–पात्र भूटानी शरणार्थी पात्र हो । यस सपनाको समाधि उपन्यासको चरित्र नायक पनि हो । यो उपन्यास उ–पात्रको जीवन सङ्घर्षका वरिपरि घुम्छ । मेगमले भनेझैँ उ मिस्टिरियस छ, रहस्यात्मक छ । उ भूटानबाट लखेटिएर नेपालका शरणार्थी शिविरमा बसोबास गर्छ तर काम र अध्ययनका सिलसिलामा नेपालका विधिन्न ठाउँ र भारतको दिल्लीसम्म पुग्छ । जम्दापुरमा धान काट्न गएदेखि उ चमेलीसँग एकलौटी प्रेममा फँसिन्छ । त्यो एकजना अछुत दलित केटीसँगको प्रेम एकलकाटे प्रेम थियो । त्यो प्रेम यस्तो प्रेम थियो जो उसकी प्रेमीका समेतलाई थाहा थिएन । उ जाती भेद र रङ्ग भेदलाई मानवतावादको कलङ्क ठान्छ, त्यस विरुद लड्ने अठोट गर्छ । उ त्यो प्रेमलाई अदार्शीकरण गर्न खोज्छ । त्यही विश्वास, दृढसंकल्पले गर्दा आखिर उसले एउटी छोरीकी आमा भइसकेकी प्रतीक्षा (उर्फ चमेली)लाई बिहे गर्न पुग्छ । जातीय तथा सामाजिक विभेदको अन्त गर्ने विचारले प्ररित भएर नै उसले यसो गरेको देखिन्छ । उ नेपालमा स्नाकोत्तर अध्ययन गरी भारतको दिल्लीमा एम्.फिल् अध्ययन गर्ने क्रममा अमेरिकी केटी मेगमसँग प्रणयसुत्रमा बाँधिन्छ । त्यो प्रेम चमेलीको जस्तो एकतर्फी थिएन, दोहोरो थियो । मेगम उसकी अध्ययन अनुसन्धान सहयोगी मित्र थिइन्, बिरानो ठाउँमा मन बहालउने साथी थिइन्, शारीरिक सम्बन्धसम्म राख्न पुगेकी प्रेमिका थिइन् । उसको द्वैद प्रेम छ । बेलाबेलै उ–पात्र चमेलीसँगको प्रेमको कुरा गर्छ, चमेलीलाई प्राप्त गर्ने सपना बुन्छ । त्यो सामाजिक रूपमा विर्जत, वहिस्कारजन्य प्रेमलाई विशिष्ट प्रेम ठान्छ । उ–पात्रको वास्तविक प्रेम त मेगमसँग थियो, चमेलीसँग होइन । सामाजिक विभेदको अन्त्य गर्ने अभिष्टले अभिप्रेरित उपन्यासकार आखिरमा उ–पात्रको चमेलीसँग जबर्जस्ती बिहे गराउँछन् । दुई–दुईवटा प्रेमीले छोडेकी मेगमलाई अन्त्यममा बलिको बोको बनाइन्छ । उ–पात्रको देखभेट नहुने चमेलीसँगभन्दा लामो सयमसम्म सँगै बसेकी मेगमसँग वास्तविक प्रेम थियो । एक ठाउँ मेगमलाई पत्र लेख्तै उ–पात्र भन्छ ‘जीवनको कुनै महŒवपूर्ण यात्रामा मेरो मनले तपाईँलाई खोजेको छ, तपाईँलाई रोजेको छ ।’ यो उसको मेगमप्रतिको गहिरो प्रेमको अभिव्यक्ति हो । यदि चमेलीसँग नै उसको वास्तविक प्रेम थियो भने त्यो एक किसिमको पागलपन थियो । उपन्यासमा एकठाउँ उ–पात्र भन्छ ‘पागलपनाविनाको प्रेम अर्थपूर्ण प्रेम नै होइन ।’ चमेलीसँगको प्रेम त्यही पागलपनाको उपज थियो, परिणति थियो ।

उ–पात्रमा सङ्घर्षशीलता छ, गतिशीलता छ । उ शरणार्थी जीवनको कठिनतादेखि भाग्दैन, त्योसँग लड्ने बाटो खोज्छ । अध्ययन, अनुसन्धान र लगनशीताको नमुना हो उ–पात्र । धान काट्ने, ट्युसन पढाउनेदेखि पाएसम्मका सबै अस्थायी कामहरू गरेर भएपनि अध्ययनलाई निरन्तरता दिन उसले कम्मर कसेको छ । उसले अध्ययनकै सिलसिलमा एकपटक गैससको प्रोजेक्ट कोअडिनेटर र अर्को एक पटक टुरिस्ट गाइड बनेर काम ग¥यो । उच्च अध्ययनले उसको बौद्धि, तार्किक र विश्लेषणात्मक क्षमताको भरपुर विकास गरेको छ । आप्mनो परिचय खुलाएर, आपूmलाई कमजोर साबित गर्न चहाँदैन ऊ । त्यसैले उ–पात्रका अन्यकुराहरु बिस्तारै खुल्दै गएपनि आखिरीसम्म वास्तविक नामको खुलासा हुँदैन । यो अस्तित्वहीनताको बिम्ब पनि हो । नेपालमा भूटानी शरणार्थीले धेरै ठाउँ परिचय लुकाएर काम गर्ने गरेका थिए, गर्नु परेको थियो । गैरकानुनी ठहरिने, अपमानित हुनु पर्ने, हेपिनु पर्ने, स्थानीय मानिसको विरोधको सामना गर्नु पर्ने तथा व्यक्तिगत हीनताबोधको भावना त्यसका कारण थिए । यस मानेमा शिविरबाहिर काम गर्न जाने भूटानी शरणार्थीको प्रतिनिधि पात्र हो–बेनामी उ–पात्र । उसको जातीय भेदभाव विरुद्धको भावना जति अध्ययन अध्ययन–अनुसन्धानले प्रभावित भएको छ त्यतिनै लेखिका हेलनसँगको भेटले प्रभावित छ । उसको जीवनमा उसले भनेभैmँ सङ्गत र सम्बन्धले ठुलो प्रभाव पारेको छ । उसको परिवारिक कथा मृत्यु, वियोग र पीडाले भरिएको छ । शरणार्थी अवस्थामा झेलनु परेको अभाव, गरिबी तथा पारिवारिक समस्याले एक किसिमको मानसिक अस्थिरता र बेचैनी सिर्जना गरेको देखिन्छ तथापि ऊ काम गर्ने सिलसिलामा संयमता अप्नाउँछ । संक्षेपमा भन्नु पर्दा ऊ एक जातीय विभेद विरोधी, अध्ययन–अनुसन्धाशील, बौद्धिक, तार्किक, विरोधाभाषपूर्ण र रहस्यात्मक सबाल्टन पात्र हो ।

चमेली
म दलित हुँ । एक अछुत हुँ । अब पुग्यो कि अभैm केही बुभ्mन बाँकी छ ? छ भने सोध्नुस् । तर, मलाई तपार्इँको नाम–थर–जातपात केही सुन्नु छैन । तपार्इँको जातपातको रवाफ अरू कसैलाई सुनाउनुस् है ? चमेलीको यो भनाइबाट उ एक दलित पारिवारकी केटी हो र उ विद्रोही स्वभाव की छे भन्ने कुरा थाहा लाग्छ । जम्दारपुरको एउटा सुकुमवासी गाउँमा बस्ने चमेलीको रूप पनि राम्रो थियो । त्यही राम्रो रूप, समाजमा विद्यमान दलित वर्गप्रति गर्ने तिरस्कृत व्यवहार, धान काट्ता हँसियाले चमेलीको औँला काटेर बगेको एक थोपा रगत र उसको विद्रोही स्वभावबाट उ–पात्र चमेलीप्रति आकर्षित भएको देखिन्छ । त्यसै समयदेखि उ–पात्र चेमेलीलाई भित्र–भित्रै प्रेम गर्न थाल्छ । एकलौटी प्रेम गर्न थाल्छ । अव्यक्त प्रेम । जो चमेलीलाई पत्तै हुँदैन । उ–पात्रकी सपना–विपना बनेकी चमेली, उ–पात्र मार्पmत् अनेकपटक चर्चामा आएन पनि उपन्यासको मध्यभागभन्दापछि मात्र उसको मञ्ममा उपस्थिति हुन्छ ।

जम्दारपुरमा मुखिया उपेन्द्रविक्रमको धान काट्ता सामान्य परिचय भएकी चमेलीसँग धेरैपछि मात्र लुम्बिनीमा भेट हुन्छ । उपन्यासमा चेमेलीको पारिवारिक पृष्ठभूमि, जम्दारपुरबाट विस्थापन, छापामार जीवन, छोरी समीक्षाको जन्म, अध्ययन आदिका बारेमा खासै खुलाइएको छैन । उ–पात्र मार्पmत् चेमेलीका बारेमा सुचनामात्र आइरहन्छ । उ–पात्रले चमेलीलाई पुस्तक मित्र बन्न आग्रह गर्दै पत्र लेखको, उसलाई खोज्न सुकुमबासी गाउँ गएको, जम्दारपुरका मुख्याको छोरो उदयविक्रमले उसलाई बलात्कार गरेको, त्यसपछि मुख्याले षड्यात्र गरी माओवादीको आरोग लगाई उसलाई गाउँबाट विस्थापित गरेको अनि ऊ ओवादी आन्दोलनमा छापामार बनेको आदि घटनाहरू केवल सूचनाका रुपमामात्र आएका छन् । समीक्षाको बाबु को हो भन्ने कुरा उपन्यासमा खुलाइएको छैन । उ–पात्रले चमेलीसँग प्रेमको एकोहोरो बखान गरे बाहेक चमेलीको स्वभावगत विशेषता कँही कतैबाट पत्तो लाग्दैन । वास्तवमा चमेली उ–पात्रकी मानसिक प्रेमिकाका रूपमा देखापछे–लामोसमयसम्म उपन्यासमा ।

मेगम
मेगम अध्ययन अनुसन्धानका लागि अमेरिकाबाट भारत आएकी विदेशी केटी हो । दुःखत पारिवारिक कथा बोकेकी, प्रेमीहरुबाट धोका पाएकी मेगम एकताक आत्महत्यसम्म सोचेकी, सार्वजनिक र व्यक्तिगत जीवनलाई भिन्न ठान्ने पाश्यात्य चिन्तन बोकेकी एक बौद्धि, अध्ययनशील चरित्र हो । उसमा प्रेमको अनुरक्ति छ, तर त्यसमा पटकपटक धोका हुन्छ । उ–पात्रसँग उसको प्रेमिल झुकाव छ, प्रेमको आग्रछ । उ–पात्रसँग शारीरिक सम्बन्धसम्म राख्न पुगेकी मेगम, उ–पात्र र चमेली बिचको प्रेममा इष्र्या गर्दिन । एकापट्टि उ–पात्रको प्रेम चाहने अर्का पट्टि चमेलीसँगको प्रेमलाई प्रत्साहन गर्ने मेगम अन्तर्विरोधी चरित्रकी लाग्छे । आखिर उ–पात्रबाट पनि प्रेममा धोका पाएकी मेगम सहानुभूति र दयाकी पात्र भएर उपस्थित भएकी छ उपन्यासमा ।

हेलेन
हेलेन एक फ्रान्सेली बृद्धा हुन् । उनी दार्शनिक स्वभावकी छन् । उनले परिवारको दुःखान्त कथा बोकेकी छन् । उनका श्रीमान क्यान्सर पीडि थिए भने छोरो एड्सको सिकार भएको थियो । तिनै कारणले दुवैको मृत्यु भएपछि हेलेन एक्लिएकी थिइन् । उनी पनि क्यान्सर पीडित छन् । उनी बौद्ध दर्शन र चिन्तनबाट प्रभावित छन् । त्यसै कारण उनी लुम्बिनीसम्म आइपुगेकी हुन् । उनी आख्यान लेखिका हुन् । उनी उपन्यासको उ–पात्रदेखि धेरै प्रभावित भइन् । त्यसैले उनले उ–पात्रलाई बौद्धिक छोरो बन्ने प्रस्ताव गरिन् । फलस्वरुप उनीहरू बिच बौद्धिआमा–छोराको सम्बन्ध गाँसियो । यसबाट के पुष्टि हुन्छ भने उनले आप्mनो छोरालाई धेरै मिस गरेको रहेछ । परिवारको माया, प्रेम र स्नेह गुमाउनु पर्दा उनी दुःखी छन् । तर उनलाई बुद्धले भनेको संसार दुःखको सागर हो, दुःखका कारण छन् र तिनको निवारण गर्न सकिन्छ भन्ने कुरा अनुभूत भइसकेको छ । जातीय विभेदका बारेमा जानकारी नभएकी हेलेन उ–पात्रले त्यसबारेमा जानकारी गराउँदा छक्क मात्रै पर्दिनन् आफू अविवाहित युवती भएको भए अछुत केटासँग बिहे गर्ने उत्घोष गर्छिन् । उनका विचारमा छुवाछुत प्रथा पाखण्डीपन हो । उनी उ–पात्रलाई अछुत चमेलीसँग विवाह गरी आप्mनो (हेलेनको) अधुरो सपना पूरा गर्न पे्ररित गर्छिन् । यसबाट उनी कुनै पनि किसिमको विभेद विरोधी भएको कुराको पुष्टि हुन्छ । उनी उपन्यासमा बौद्धिक र चिन्तनशील व्यक्तित्वका रूपमा देखापरेकी छन् ।

भाषा शैली
एक हिसाबले भाषा कुनै पनि कृतिको शक्ति हो । शब्दको प्रयोग र वाक्यविन्यासले अभिव्यक्तिगत संप्रेषणतामा नविनता ल्याउने मात्रै होइन अर्थगत वैचिœयता उत्पन्न गर्ने प्रबल सामथ्र्य राख्तछन् । यस उपन्यासको भाषा सरल, सहज र वोधगम्य छ । तथापि ठाउँ–ठाउँमा विरोधाभाषपूर्ण शब्द र वाक्यहरुको प्रयोगले संप्रेषणगत जटिलता उत्पन्न गरेको देखिन्छ । यसको भाषामा प्रतीक, बिम्ब, सादृश्य, भनाइ, उक्ति, समानान्तरता,अनुप्रास, विशिष्टकथन आदिको प्रयोग गरी अभिव्यक्तिलाई सारपूर्ण र ओजस्वी बनाउन खोजिएको छ । उपन्यासबाट टिपिएका केही उदाहरणहरू तल प्रस्तुत छन् –
१. सूर्यझैँ वेगवान् गतिमा उसले आफन्तजनलाई फोन ग¥यो । (सादृश्य)
२. दिनमै रातझैँ, रातमै दिनझैँ । (सादृश्य)
३. शान्तिभावले भरिपूर्ण सङ्गीतमा विश्वविद्यालय नै सम्बोधिमा मग्न बुद्धझैँ  देखिन्थ्यो । (सादृश्य)
४. संयोग र संवेग जीवनको महत्वपूर्ण सत्य हो । (विशिष्टकथन)
५. एकान्तमा स्वतन्त्र मान्छेले जे पनि गर्छन् । (विशिष्टकथन)
६. बुद्ध नै बुद्ध, युद्ध नै युद्ध † (समानान्तरता)
७. पागलपनविनाको प्रेम अर्थपूर्ण पे्रम नै होइन । (विशिष्टकथन)
८. प्रत्येक मानिस विरोधाभासको पुञ्ज न हो । (विशिष्टकथन)
९. मनभित्र चिन्तनको आँधीले बुर्कुसी मारिरहेको थियो । (बिम्ब)
१०. मेरो उनीप्रति अचानक फक्रिएको प्रेम तारेभीरमा फुलेको सुन्दर फूल थियो । (प्रतीक)
११. अध्ययन, जागिर, ओहदा वा पदवी पाउनका लागि नभई जनताको सेवा गर्न तथा मेहेनती र
योग्य बन्नका लागि हो । (भनाइ)
१२. म पराजित भएर घर फकिेने छैन, पराजयभन्दा मृत्यु मलाई स्वीकार्य छ । (भनाइ)
१३. प्रेम रहस्यको खानी र प्रयोगको महासागर हो । (विशिष्ट कथन)
१४. अहिले ऊ प्रतीक्षाकै प्रतीक्षामा छ । प्रतीक्षा पनि प्रतीक्षामै छिन । मुलुक प्रतीक्षामा छ । प्रतीक्षै
प्रतीक्षा । वरिपरि प्रतीक्षा । ऊ र प्रतीक्षा । प्रतीक्षा र ऊ । ऊभित्र प्रतीक्षा । प्रतीक्षाभित्र ऊ ।
प्रतीक्षाभित्र प्रतीक्षा । (अनुप्रास)
१५. आँसुभित्र अक्षर अनेक आकृतिका विसङ्गत तस्विरझैँ सलबलाए, तिर्मिराए । (बिम्ब)
१६. सपनाको समाधिस्थल खोज्दै प्रतीक्षाका आँखा लोलाए । (बिम्ब)
१७. कान्छीलाई दुलहीझैँ अन्माएर सद्गत गर्दै छौँ । (विचलन)

माथिका उद्धरणले उपन्यासमा भएको विशिष्ट भाषिक प्रयोगको बान्कीलाई प्रस्तुत गर्दछन् । पात्रहरु अनुरूपको संवाद र भाषाको प्रयोग गरी लेखनमा विविधता ल्याउन लेखकको प्रयत्न रहेकोछ । यस उपन्यासमा केही सम्वाद अङ्गेजीमा नै गरिएका छन् । उ–पात्र, मेगम र हेलन बिचका संवाद सरल अङ्ग्रेजीमा गरिएका छन् भने तराइवासी मोदनाराण सरसँग तराइबासीका लवजमा गरिएका सम्वाद पनि घत लाग्दा छन् । लामा र अस्पष्ट वाक्यभन्दा छोटा वाक्य निर्माणमा लेखकको ध्ययन केन्द्रित छ । यहाँ शब्दलाई सिँगार्ने होइन बरु चट्ट–चट्ट काटेर छोटा वाक्य निर्माण गर्ने काम भएको छ । धरै ठाउँ एकेक शब्दका वाक्यको प्रयोग गरेको पाइन्छ । शब्द दोहोरियाउने र भावलाई प्रभावकारी पार्ने काम पनि ठाउँ–ठाउँमा भएको छ ।

निष्कर्ष
मूलतः यो उपन्यास नेपालमा शरणार्थी शिविर स्थापना भइसकेपछिका घटनाक्रम, शरणार्थी अवस्थाको जीवन भोगाइ र पछिल्लो समयमा तेस्रो देश पुनर्वासको कार्यक्रमले निम्त्याएका जटिल्ता, घात–प्रतिघात, अन्तर्विरोध, मूल्यविघटन, नयाँ र पुरानो पुस्ताविचको अन्तरसंघर्ष आदि चित्रण गर्नमा केन्द्रित देखिन्छ । त्यसै समयको द्वान्दकालीन र शान्तिप्रक्रियामा प्रवेश गर्दै गरेको नेपाली समाज र सामाजिक–राजनीतिक घटनाहरूलाई पनि ठाउँ–ठाउँमा चित्रण गरिएको छ । यो उपन्यासमा चिन्तनका विश्रृंखत पुटहरु छन्– कतै रोमान्टिकता, कतै यथार्थ, कतै विद्रोह, कतै शान्ति, कतै प्रेम, कतै सपना, कतै विभ्रान्ति । कतिपय ठाउँमा बहकिए पनि लेखक भूटानी शरणार्थी, तिनको विस्थापनको पीडा, अस्तित्वहीनताबोध, क्याम्पमा बस्नुपर्दा खेप्नु परेका कठिनाइ, सामाजिक विकृति–विसंगति, शरणार्थी समस्या समाधानार्थ प्रस्तुत तेस्रो देशपुनर्वास योजनाले निम्त्याएका समस्या आदिको चित्रण गर्न सफल छन् । भूटानी शरणार्थी सम्बन्धमा जुन किसिमको बौद्धिक बहस, विश्लेषण र अनुसन्धान गरेर यो कृति आएको छ यसले निश्चय पनि शरणार्थीको इतिहासलाई सुरक्षित राख्ने काम गरेको छ ।

यो घटना प्रधान र नायक केन्द्री उपन्यास हो । समाख्यात्मक तथा प्mल्यासब्याक शैलीमा लेखिएको यो उपन्यासका पात्रहरु विभिन्न भौगोलिक पृष्ठभूमिका छन् । प्रायः पात्रहरु बौद्धिक र तार्किक छन् । उनीका साइबर जगतसँग परिचित छन् । केही ठाउँमा भावुक र संवेदनापूर्ण शैली अवलम्बन गरेका लेखकले प्रयोग गरेको भास सरल, सहज र वोधगम्य छ । तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको प्रस्तुत उपन्यास कतै आलोचनात्मक, कतै विश्लेषणात्मक र कतै अनुभूतिजन्य बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *