शंका

कवि

जगेन गौतम
पेन्सिलभेनिया, अमेरिका

कैयौँ यादहरुको
खेती गर्न सिपालु म
हर्दम् तिम्रो यादको
खेती गरिरहेछु
तिम्रो माया पाउनको लागि
कैयौँ  रातहरु,
तिम्रो यादको जलनमा
बिताएको छु

थाहा छैन तिम्रो माया
पाउँछु या पाउँदिन,
तर पनि,
आजसम्म प्रत्येक पल
तिम्रो मायाको पर्खाइमा
जीवन बिताउन विवश छु

कहिलेकाहीँ सम्झन्छु
कतै फुल्न नपाउँदै झर्ने
पारिजात झैँ पो हुन्छु कि,
हावाको वेगले गर्दा
मृत्‍युको डरले,
आफ्नु दुलो खोजिरहेका
कमिलाहरु झैँ,
तिम्रो धोकाको वर्षाले
मेरो जीवन पनि,
अरु सहारा खोजेर हिंड्न
विवश त हुँदैन?
डर लाग्छ मलाई।

वसन्तको सुन्दरता लुट्ने
ती शिशिरहरु,
तिमी र मबीचमा
प्रकट हुने त हैन?
अझै धेरै डर लाग्छ,

तिमी मेरी नहुन सक्छौ
मलाई यसमा कुनै सङ्कोच छैन
तर एउटा कुरामा शङ्का छ
कतै तिमीलाई आफ्नो बनाउनेले
संसारको सबै खुसीहरु नदिने त हैन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *