शहीद र म

कवि
कवि

डी एन काफ्ले
एड्लेड अस्ट्रलिया

उसले माटो पियो
माटोमै रोप्यो जिन्दगी
र निर्भय
फुलायो जिन्दगी भित्रका
हजार सपनाहरू
अपार मुस्कानहरु

म नाथु
जिन्दगीको लालचमा फँसेर
स्वप्नाभित्र स्वप्ना रोपेँ
र माटा लागेँ

म पलपल मरेर बाँचिरहेँ
-एकादेशको नागरिक भएँ
उ मरेर पलपल बाँचिरह्यो
-पुण्यभूमिको शहीद भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *