शुभकामना

कवि
कवि

खगेन्द्र गौतम
क्यानाडा

थाहा थिएन मलाई समय यति निरन्तर छ भनेर
घडीको टिक टिक आवाजसँगै प्रकृति बद्लिरहेछ ।
फर्केर हेर्छु कहिलेकाहीँ बितेका ती यादहरू
तर हेराइमा नै सीमित रहे ती सबै कामहरू ।
म समयसँग चल्न नसके पनि
क्यालेन्डरका पानाहरु सबै सकिएछन् ।
ओछ्यानबाट उठ्न खोज्दाखोज्दै
१५ लाई १६ भन्न थालिएछ,
अनि १२ सकिएर १ को सुरुवात भएछ ।
मानिस सबै म जस्तै भए,
२०१५ वर्ष हरुमा के नै हुन्थ्यो होला ?
प्रयोगविहिन योजनाले मेरो डायरी भरिएझैँ
विश्वका योजनाहरू,
जता ततै छरपस्ट अनि अस्तब्यस्त हुने थिए होला ।
लिनु र दिनुमा फरक अवश्य छ,
कसैले दिए त्यसलाई लिनैपर्छ ।
त्योभन्दा पनि पहिले २०१५ का ती
घटना अनि परी-घटनाहरूलाई बिदा दिनै पर्छ ।
२०१६ मा प्रवेश गर्ने सबै मित्रहरूलाई
शुभकामना दिनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *