सन्ततीको वन्दना

पदम काफ्ले
सिड्नी

प्रकृतिको सुन्दर काख, देश हाम्रो भुटान ।
भाषा, धर्म, संस्कृति, चाढ, जगेर्ना र उत्थान ।।

प्रगतिका पाइला हाम्रा स्मरण छ देशलाई ।
भुल्ने छैनौं आफ्नो पन र, रीतिरिवाज भेषलाई ।।

राष्ट्रियता हाम्रो प्यारो जीवनयात्रा विश्वमाझ ।
परदेशबाट वन्दना छ , सन्ततीको अटूट साथ ।।

अखण्ड माया गढेको छ, ज्ञानभूमि स्वदेशमा ।
पौरखी बन्दै कर्मरत छौं, वर्तमान परदेशमा ।।

विश्वमाझ हाम्रो पीडा, इतिहास मनन छ ।
एकताको सूत्रसाथ, स्वदेश सेवा अठोट छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *