सन्नाटाको आँधी

शिवलाल दाहाल
केन्टकी, अमेरिका

यस पालीको इस्टर पनि इस्टर जस्तो भएन
यस पालीको नयाँ वर्ष पनि नयाँ वर्ष जस्तो भएन
सन्नाटाको आँधी चलेको छ
घरबाहिर– गाउँ र बस्तीहरूमा
सडकहरू खाली खाली छन्
सहरहरू खाली खाली छन्
मलहरू खाली खाली छन्
स्कूल र खेल मैदानहरू खाली खाली छन्
मन्दिर, गुम्बा र गिर्जाघरहरू खाली खाली छन्

यस पालीको आँधीले सदाझैँ
रुखहरू उखेलेको छैन,
घरका छाना र ध्वजापताका उडाएको छैन
धूलोको कुहिरोमा आकाशले आँखा मिचेको छैन
मात्र मान्छेलाई हल्लाइदिएको छ
अन्तस्तलदेखि मस्तिष्कसम्म
मात्र उसको ज्ञान विज्ञानलाई हल्लाइदिएको छ
भूगोलको एउटा ध्रुवदेखि अर्को ध्रुवसम्म

यो घरको झ्यालबाट जब जब म बाहिर हेर्छु
लाग्छ यसले अब कति दिनसम्म थेग्दो हो
यो सन्नाटाको आँधी ………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *