सपना
अनन्त आचार्य
अस्ट्रेलीय
तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर।
दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥
बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ।
कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥
पसेँ सुम्सान कोठामा बत्ति झलल बालियो।
औँसीको भयनक् रात बिहाल भो सबैतिर॥
आँखामा चयनैछैन बलिन्द्र आँशुभो सबै।
मैले उठेर हेरेँ नि प्रतीत भो सबैतिर॥
अब भेट हुँदैन हे! कहिल्यै पनि प्रेयसी!
सपना भित्र-भित्रै त्यो बादल भो सबैतिर ।।