सबैको प्यारो “म”

कवि
कवि

गोविन्द लुइटेल
ओहायो, अमेरिका

मेरो जन्म
बालापन
क,ख….अ,आ
शब्द, वाक्य
कथा,कविता, नाटक
भित्र जवान,
अधबैँसे
वृद्धावस्थासम्म
सुन्दै सिक्दै
जान्दै लेख्दै
पढ्दै भोग्दै अाएँ

देख्न भन्न पाउँने छु
कि
देशदेखि विदेश
धर्मदेखि राजनीति
गीतदेखि सङ्गीत
धनीदेखि गरीबसम्म
सबैभन्दा प्यारो “म”
सबैको प्यारो “म”
जय “म”।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *