समयको पाइलासंगै

अनन्त आचार्य
अष्ट्रेलिया

युगको कालखण्डमा,
हाम्रो अस्मिता,
हक-हित र सास्कृतिक, अखण्डतालाई
धराशही बनाई
ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि
संसारभरि छरिन विवष,
प्राणीले गम्भीर,
परिस्थितिमा पनि राष्ट्रप्रतिको
महिमा अनि मूल्य र मान्यतालाई,
बिर्सेका छैनन्।
हाम्रो जीउदो इतिहास कहिले मर्ने छैन ,
अझ शक्तिशाली भएर
संजीवनी पीरहेको छ न्यास्रो अनुहार,
गरिबीको अमिलो मन र
भत्किएको मस्तिष्क साटेर चन्द्रमा हुदैँ सुर्य,
भेट्न खोजिरहेका छन्
समयको चक्रसंगै त्यहाँ प्रकाश आउने छ
समयको पाइलासंगै

Leave a Reply

Your email address will not be published. Required fields are marked *